निषेधाज्ञामा थप कडाई, घरबाहिर ननिस्कन गृहको आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १३:२५:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/bhadrakali-e1619694976642_hC74DaVfFS.jpg)
१७ बैशाख,काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको आज दोस्रो दिन थप कडाई गर्दै लगेको छ । निषेधाज्ञाको पहिलो दिन सडकमा सवारीजाम र सडकमा मानिसको नावश्य हिडडुल देखिएपछि प्रशासनले आजदेखि निषेधाज्ञालाई कडाई गरेको हो ।
हिजो पहिलो दिन भएकाले पनि केही खुकुलो छाडिएको तर आजबाट भने पास विना सवारी र आवाजजावत रोक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
यसै बीच गृह मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।
यस्तो अवस्थामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा पनि रोक लगाइएकाले निषेधाज्ञा अवधिभर अतिआवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न र नगराउन मन्त्रालयले विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
त्यस्तै कोभिड–१९ सङ्क्रमणको महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको प्रयासका अतिरिक्त अन्य सरोकारवाला निकाय, सहयोगी सङ्घ, संस्थाबीच सहकार्य पनि त्यत्तिकै जरुरी रहेकाले सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि जारी निर्देशन तथा स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न आग्रह गरेको छ।
सरकारको यही १३ गतेको निर्णयअनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा पाँच सयभन्दा बढी र पहाडी जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भेटिएमा प्रमुख जिल्ला अधिकारीलाई वैशाख १६ गतेपछि जुनसुकै बेला १५ दिनसम्म निषेधाज्ञा जारी गर्नसक्ने व्यवस्था गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार