विकट गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा प्रवाह भएपछि स्थानीयवासी उत्साहित
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १५:३१:४४
१७ वैशाख, कास्की । जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले तीन जना एमबिबीएस चिकित्सकले उपचार सेवा प्रदान गर्न शुरु गरेसँगै १२ वडा रहेको गाउँपालिका र छिमेकी जिल्ला लमजुङको उत्तर पश्चिमी क्षेत्रका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
विसं २०७२ देखि आधारभूत स्वास्थ्य सेवा दिइँदै आइएकामा यस वर्षदेखि गाउँपालिकाले स्रोत व्यहोर्ने गरी एक र नेपाल सरकारको छात्रवृत्तिबाट दुई गरी तीन जना चिकित्सकले सेवा दिन शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए । हालै मात्र नेपाल सरकारको रु सात करोड ७१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासम्पन्न भवन निर्माण भएर सोही भवनबाट सेवा शुरु भएसँगै उपचार सेवा प्रवाहमा सहज भएको बताइन्छ । यसअघि भाडाको घरबाट सेवा दिइएको थियो ।
सडक पूर्वाधार र पोखरासँगको पहुँचका हिसाबले विकट गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा प्रवाह भएपछि स्थानीयवासी खुःशी छन् । स्थानीय महिला सञ्जालका अध्यक्ष सिर्जना अर्यालले जिल्लाको दुर्गम भेग भनेर चिनिएको ठाउँमा सुविधासम्पन्न अस्पतालको सेवा शुरु भएसँगै उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने दुःखद् अवस्थाको अन्त्य भएको बताए।
विगतमा गाउँमा स्वास्थ्य सेवा नहुँदा बिरामीलाई पोखरासम्म पु¥याउन सास्ती व्यर्होनुपरेकामा हाल गाउँमै उपचार भएपछि आफूहरू लाभान्वित बनेको उनी बताउँछन् । उनले भने, “सामान्य उपचार नआउँदा विगतमा हाम्रा दिदीबहिनी दाजुभाइले ज्यान गुमाउनुको पीडा हाम्रा आँखै अगाडि ताजै छ । अब गाउँमै अस्पताल बनेपछि हामी औधी खुःशी भएका छौँ, मादीको मुहार नै परिर्वतन भएको छ ।” गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले ४६ कोठाको स्वास्थ्य केन्द्रमा दुई प्राइभेट र १२ जनरल गरी १४ शय्या सञ्चालनमा रहेको जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य केन्द्रबाट एक्सरे, इसिजी, प्रयोगशाला सुविधा उपलब्ध भइरहेकामा केही महिनाभित्रमा भिडियो एक्सरे सेवा शुरु गर्ने तयारी छ । सो स्वास्थ्य केन्द्रमा हाल तीन एमबिबीएस चिकित्सक, अहेव तीन, स्टाफ नर्स एक, प्रयोगशाला प्राविधिक एक र कार्यालय सहयोगी तीन जना कार्यरत छन् ।
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने उपचार सेवालाई विस्तार गर्दै लगिएकाले पूर्वी मादीका जनतालाई सहज भएको बताए । नेपाल सरकारको ‘एक स्थानीय तह एक अस्पताल’को योजनाअनुसार मादीकै वडा नं ७ को छाचोक (खन्टारी) मा १५ शय्याको स्वास्थ्यचौकी निर्माणको शिलान्यास भइसकेकाले मादीका सबै वडाका नागरिकलाई सहजरूपमा गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध हुने अध्यक्ष गुरुङको भनाइ छ ।
उनले भने, “पछाडि परेको गाउँपालिकामा अहिले विकासले गति लिएको छ । स्वास्थ्य संस्थासहित पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरेका थियौँ । यसको परिणामसमेत देखिँदै गएको छ, जनताले परिर्वतनको अनुभूति गरेका छन् ।” गाउँपालिकाले यसै वर्ष दुईवटा एम्बुलेन्सको व्यवस्था गरेको छ । एउटा गाउँपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको र अर्को भारतीय राजदूतावासको सहयोगमा एम्बुलेन्स सेवा गाउँमा शुरु गरिएको प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए।
उनले भने, “जनतालाई अस्पतालसम्म पु¥याउन सहज होस् भनेर यसै वर्र्ष दुईवटा एम्बुलेन्सबाट सेवा दिन शुरु गरेका छौँ । एउटा गाउँपालिकामा र अर्को प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ । आवश्यकतानुसार जनताको सेवामा सहुलियत दरमा प्रयोग गर्ने गरिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार