होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनमा सेना
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १९:४८:१९
१७ वैशाख,महेन्द्रनगर । सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा यहाँ निरन्तर खटेको छ ।
गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क व्यवस्थापन, आगन्तुकको स्वास्थ्य परीक्षण, आइसोलेसन र क्वारेन्टिन सुरक्षादेखि संक्रमितको शव व्यवस्थापनमा खटिएको सेनाले कोरोनाको दोस्रो कहर आउँदा सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै सक्रियता बढाउँदै लगेको छ ।
भारतबाट कोरोना त्रासदीबीच नेपाली स्वदेश फर्किंदा सेनाले यहाँको गड्डाचौकी नाकामा दिइएको जिम्मेवारीअनुसार होल्डिङ सेन्टर निर्माणको तयारीमा रहेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ । होल्डिङ सेन्टर निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग र स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने निर्देशन केन्द्रको रहेको छ ।
सैनिक संरचनामा कञ्चनपुरको जिम्मेवारी पाएको सेनाको श्रीदल गुल्मले हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु भएका १२ जनाको शव महाकाली नदीमा व्यवस्थापन गरिसकेको छ ।
महामारीका बेला गठित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले दिएको जिम्मेवारी र माथिल्लो निकायको निर्देशनअनुसार सेनाले कोरोना कहरबीच त्यसको नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षामा निम्ति खटिएको श्रीदल गुल्मका गुल्मपति सेनानी प्रतीक सिंह कार्कीले बताए । “यहाँ कोरोना नियन्त्रणका लागि बिहीबारदेखि गरिएको लकडाउन पूर्णरूपमा पालना गर्न सेनाले विभिन्न गस्तीहरु पनि गर्ने योजनामा छ”, सेनानी कार्कीले भने, “गड्डाचौकीमा होल्डिङ सेन्टर निर्माणपछि स्वदेश फर्किनेहरुलाई पनि सीमा नाकामा सहजता मिल्नेमा आशावादी छौँ ।”
त्यसैगरी भीमदत्त नगरपालिकामा सेनाकै जनशक्ति सहयोगमा निर्माण भएको १०० शय्याको आइसोलेसन कक्षको सुरक्षा जिम्मेवारी पनि अहिले सेनाले निभाउँदै आएको छ । कोरोना कहरकै समयमा प्रहरीलाई सुरक्षामा सहजीकरण होस् भनेर कारागारको सुरक्षा पनि सेनाले गर्दै आएको छ ।
गत वर्ष यहाँ तैनाथ सेनाको गुल्म गड्डाचौकी नाकाबाट स्वदेश फर्किने नेपालीलाई गरिएको भोजन व्यवस्थापनमा पनि खटिएको थियो । कञ्चनपुरमा बिहीबार राति पनि उपचारका क्रममा दुईजना संक्रमितको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार