हेटौँडा अस्पतालमा ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २०:५०:३
१७ वैशाख,मकवानपुर । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा स्थापना गरेको आइसीयु र भेन्टिलेटर सेवाको आज शुभारम्भ गरेका हुन् ।
यसैगरी मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित कोभिड–१९ संक्रमित बिरामीहरुका लागि स्थापना गरिएको क्वारेन्टिन कक्षको पनि आज स्थलगत अनुगमन गरे । सो कक्षमा १२० शैय्या रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले कोभिड–१९ संक्रमित बिरामीहरुलाई तत्काल उपचार गर्न आइसीयु, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ उपलब्ध गराउने बताए । उनले उपचार सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन चिकित्सकलाई निर्देशन दिए ।
प्रतिष्ठानले हेटौँडा अस्पताल परिसरभित्र १६ शैय्याको सघन उपचार कक्ष र ६ शैय्याको भेन्टिलेटर कक्षको स्थापना गरिएको हेटौँडा अस्पतालका डा सागर काफ्लेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कुसुम सेञ्चुरी
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत नेपाली माटोबाट जन्मिएको होः प्रधानमन्त्री
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार