वीरगञ्जलाई बचाउन एसएमएसमार्फत दवावस्वरुप स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २२:५६:४४
१७ बैशाख, काठमाडौं । नेपालमा यतिबेला कोरोना भाइरस महामारीको दोस्रो कहर जारी छ। पहिलेभन्दा अझ बढी क्षति भइरहेको छ। संक्रमितले अहिले अधिकांश अस्पताल भरिभराउ छन्। बेड पाउनै मुश्किल छ। भारतसँग खुल्ला सीमानाका जोडिएको पर्सा जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण हुने र संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या उकालो लाग्ने क्रम रोकिने कुनै छाँटकाँछ छैन ।
दिनप्रतिदिन संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । बिहिवारदेखि स्थानीय प्रशासनले पर्सा जिल्लामा निषेधाज्ञा जारी गरेपनि अन्य व्यवस्थापनमा भने सरोकारवाला चुकेको जनता समाजवादी पार्टी ‘जसपा’ का युवा नेता तथा सामाजिक अभियानता ओमप्रकाश सर्राफले नेपालबहस डटकमलाई बताएका छन् । स्थानीय सरकारले आफ्नो बलबुँताले भ्याउनेसम्मका कामहरु गरीरहेको भएपनि यता प्रदेश नम्बर २ सरकार र संघिय सरकार भने आफ्नो जिम्मेवारीबाट पन्छिएको आभाष नागरिकले गरेका छन् । सोही गैरजिम्मेवारपनलाई ध्यानाकर्षण गराउन वीरगञ्जका समाजसेवी तथा अभियानाहरु जागरुप भएका छन् ।
सर्राफको सक्रियतामा स्वास्थ्यमन्त्रीलाई एसएमएस पठाउने अभियानको थालनी गरिएको छ । कोरोना भाइरसले थला परेको वीरगञ्जमा हालसम्म कोरोना विशेष अस्पताल नबनाउनु, जनशक्तिको अभाव, परीक्षणको फितलो व्यवस्थापन, भ्याक्सिनको अभाव लगायतका समस्याहरुबाट गुज्रिरहेको छ ।
फलस्वरुप संघिय स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई ध्यानकर्षण गराउँदै शुक्रवारदेखि एसएमएस पठाउने अभियानको थालनी गरिएको युवा नेता सर्राफले बताए । ‘नमस्ते स्वास्थ्य मन्त्री ज्यु, तपाई के गर्दै हो ? वीरगञ्ज कोरोनाले थला परिसक्यो । वीरगञ्जमा थप जनशक्ति पठाउनु, थप कोरोना अस्पताल बनाउनु, हटस्पटहरुमा तुरुन्तै भ्याक्सिन उपलब्ध गराउनु ।’ सर्राफका अनुसार यही एसएमएस अहिलेसम्म १ सय भन्दा धेरै युवा एवम् अभियानताहरुले पठाइसकेका छन् । स्वास्थ्य मन्त्री त्रिपाठीको सम्पर्क नम्बर ९८५१००२२२२ मा दवावस्वरुप खबरदारी गर्न अरुलाई पनि एसएमएस पठाउन सर्राफले अपिल गरेका छन् ।
दैनिक संक्रमणदर नेपालमा बढ्दो छ । यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३ सय ९१ नमूनाको पीसीआर परीक्षण र ५ सय २५ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ६ सय ५७ जना र एन्टिजेन विधिबाट ७० जना गरी ४ हजार ५ सय ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगैदेशभर सक्रिय संक्रमित संख्या ३८ हजार ८ सय १३ रहेको छ। कोरोनाबाट निको हुनेको दर ८६.९ प्रतिशत छ।
योसँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २३ हजार १ सय ८७ पुगेको छ। गत २४ घण्टामा ९२८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ। आज देशभर ५५ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ।
तपाई हामी सबैले फेरि पनि नबिर्सौं, आजका दिनमा कोरोनाविरूद्ध लडाईमा सरकार होइन, आममानिस नै निर्णायक हो। नियन्त्रण गर्न सक्ने हामीले नै हो। यो नियन्त्रणबाहिर गए, दुःख पाउने पनि हामीले नै हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
संसद भवनमा विपक्षी दल, सिंहदरवारमा सत्तापक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारीसाधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार