स्यानिटाइज गरेर बज्रयोगिनीको मूल जात्रा मनाइदैं
नेपालबहस संवाददाता
बैशाख १८, २०७८ शनिबार १८:१२:१२
१८ वैशाख,काठमाडौं । बज्रयोगिनी मन्दिरबाट खट ल्याएर टोलमा राखेको चौथो दिन नाथ सम्प्रदायका योगीले पूजा गरेपछि बज्रयोगिनीको मूल जात्रा साँखु क्षेत्रमा गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि साँखु बजार क्षेत्रमा स्यानिटाइज गरेपछि बज्रयोगिनीको मूल जात्रा गरिएको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए । स्यानिटाइज गरी नाथ सम्प्रदायका योगी पूजा गरेपछि खटलाई बोकेर साँखु क्षेत्र घुमाइएको छ ।
चैत्र शुक्ल पूर्णिमादेखि शुक्रबारको मूल जात्रा अघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन बज्रयोगिनी माईलाई पूजा आराधना र दर्शन गर्ने चलन छ । जात्राका क्रममा नाथ सम्प्रदायका योगीले भात पकाएर भूत, पिशाच लगायत नकारात्मक तत्वलाई पन्छाउने विधि समेत आज पूरा भएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको थियो । जात्रा वैशाख शुक्ल अष्टमी अर्थात् वैशाख २१ गतेसम्म जारी रहने जनाइएको छ ।
राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगित गरिएको थियो । जात्रामा प्रत्येक खट ५० मिटरको फरकमा राखेर गरिएको, चलाखु टोल सुधार समितिले मास्क र स्यानिटाइजर समेत वितरण गरेको बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका संयोजक प्रज्ज्वलमान सिंले जानकारी दिए । वैशाख कृष्ण अष्टमीसम्म हुने यो जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद ९बुद्धमूर्ति०, सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ ।
तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा गत वर्षसमेत तीनपटक रोकिएकाले पनि यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको व्यवस्थापन समितिले जनाएको छ । राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको साँखु क्षेत्रको सांस्कृतिक विषयमा अध्ययन अनुसन्धान गरिरहेका प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।
शङ्खरापुर नगरपालिका वडा नं.४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ । यस वर्ष चलाखु टोलमा खट राख्ने पालो परेको छ ।
धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लागेका ‘सक्व’ ले जानकारी दिए ।
गत वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिएपनि पुजारीबाट हुने पूजा आराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिएको थियो । यस वर्ष स्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै जात्रा सम्पन्न गरेर छोड्ने समितिको प्रतिबद्धता छ । बिहीबार मूल जात्रा चलाउने नचलाउने विषयमा दुई पक्षबीच विवाद भएपनि आज बिहान बजार क्षेत्रलाई स्यानिटाइज गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर जात्रा सम्पन्न गर्ने सहमति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार