रिलायन्स लाइफको बीमाशुल्कसंगै १३.७६ प्रतिशतले बढ्यो मुनाफा, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १९:९:५०
१८ बैशाख, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा बीमशुल्कसंगै मुनाफा बढेको छ । कम्पनीको बीमाशूल्क १३१ प्रतिशतले बढेपनि नाफामा पनि सुधार भएको हो ।
यस अवधिमा कम्पनीको बीमाशूलक १३१.४३ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ बीमशुल्क आर्जन गरेको थियो ।
कम्पनीको बीमाशुल्कसंगै मुनाफा पनि १३.७६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यहि अवधिमा ५ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको मुनाफा ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात १७४.०८ गुणा रहेको छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा कम्पनीले १२ हजार १२० वटा बीमालेख बिक्री गरी १ अर्ब ९० करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा कम्पनीले १४२ वटा दाबी वापत २३ करोड ६४ लाख भुक्तानी गरेको छ भने ११ वटा दाबी वापत ७ लाख ८१ हजार रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश वितरण गर्दै
पुष २८, २०८१ आइतबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जिससका पदाधिकारीलाई राष्ट्रपतिले भने, जनता र विकासका पक्षमा काम गर्नुहोला
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार