लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार १६:२४:१०
२१ बैशाख, काठमाडौं । लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते २७ औं वार्षिक साधारण बोलाएको छ । कम्पनीको गत वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।
सभाले प्रस्तावित कुल ६ दशमलव ७५ प्रतिशत लाभांश पारित गर्दै गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछ कम्पनीले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीको फागुन ३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांशसहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश दिन लागेको हो । सभाले प्राप्ति तथा मर्जर प्रक्रिया आवश्यक भएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार