भेरी अस्पतालमा अक्सिजनको ट्याङ्क जडान
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार २०:१५:१२
२१ वैशाख,राँझा । पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ ।
कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । रु ८२ लाखको लागतमा अक्सिजन लिक्युड ट्याङ्क जडान गरिएको हो । उक्त ट्याङ्कमा ३१ हजार लिटर अक्सिजन ग्यास भर्न सकिन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएकाले ट्याङ्कमा अक्सिजन भण्डार गरिनेछ ।
अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालीन समाधानको बाटो खोजेको हो । केही दिनभित्रै ट्याङ्क सञ्चालनमा आउने अध्यक्ष धितालले बताए । अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । दैनिक २५० देखि ३०० थान अक्सिजन सिलिन्डर खपत भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाश थापाले बताए ।
सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुने गरेकामा कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत बढेको हो । अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित उपचार कक्षमा छन् । “कोभिडको महामारी नहुँदा अस्पतालमा दैनिक १५÷२० सिलिन्डर ल्याउने, प्रयोग गर्ने अनि खाली सिलिन्डर फेरि भर्न प्लान्टमा पठाउने गरिन्थ्यो, अहिले माग बढेपछि कठिनाइ भएको हो”, डा थापाले भने, “सिलिन्डर भर्ने, लोड गर्ने झन्झटिलो प्रक्रिया भएकाले लिक्विड अक्सिजन ट्याङ्क जोड्ने योजना अघि सारेका हौँ ।”
एउटा अक्सिजन सिलिन्डरका लागि रु ९१५ खर्च हुन्छ । नेपालगञ्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगञ्जका विभिन्न अस्पतालमा दिने गरेका छन् । कोरोना भाइरस संक्रमित बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिने डा थापा बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कुसुम सेञ्चुरी
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत नेपाली माटोबाट जन्मिएको होः प्रधानमन्त्री
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार