सुर्खेतबाट ११ लाखको अवैध सुर्ती बरामद
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १६:२:५३
२२ वैशाख,कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरूपमा भित्र्याउँदै गरेको रु ११ लाखको अखाद्यवस्तु सुर्ती बरामद गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्टसहितको संक्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनै पनि वस्तु ढुवानी गर्न निषेध गरिएको अवस्थामा भित्र्याइएको अवैध तथा अखाद्य वस्तु सुर्खेत प्रहरीले बरामद गरेको हो ।
ना ४ ख ७६५३ नंको मालबाहक ट्रकमा खाद्य तथा खुद्रा मालसामानभित्र राजश्व छली गरी ल्याइएको अवस्थामा मङ्गलबार अपराह्न गोल्डेन ब्राण्डको ९४ बोरा सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । “अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई राखी सुर्खेत जिल्ला भित्र्याउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा सो ट्रकको निगरानी ग¥यौँ”, उनले भने, “पछि सुर्खेत भित्रिने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना प्रहरी जाँचचौकीमा चालकसहित ट्रकलाई नियन्त्रणमा लिइयो ।” ट्रकभित्र रहेका सम्पूर्ण मालसामान अनलोड गरी रीतपूर्वक तलासी गर्दा खाद्यवस्तु दाल, चामल, निर्माण सामग्री पाइप, गाडीको टायरको बीच भागमा ९४ बोरा गोल्डन काली सुर्ती भेटिएको प्रनाउ घर्तीले बताए ।
बोरा खोलेर हेर्दा त्यसभित्र चार हजार ७०० पोका गोल्डेन काली नामक सुर्ती रहेकामा २८ पोकामा अन्तःशुल्क स्टिकर टाँसिएको र २२ पोका अन्तःशुल्क स्टिकर नभएको भेटिएपछि कर छली गरेको आशङ्का गर्दै बाँसगढी नगरपालिका–६ बर्दियाका २४ वर्षीय चालक भक्तबहादुर गुरुङको साथमा रहेको बिल हेर्दा दुई हजार ६०० पोकाको मात्र बिल भेटिएको उनले बताए ।
उक्त ट्रकमा लुकाइछिपाई दुई हजार १०० अर्थात् रु ११ लाखको गोल्डेन काली सुर्ती अवैध देखिन आएकाले गैरकानूनीरूपमा राजश्व छली गरी अखाद्यवस्तु सुर्ती ओसारपसारमा प्रयोग भएको ट्रकसहित चालक गुरुङलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार