प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १५:२६:३५
२४ वैशाख, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ करोड ७३ लाख ११ हजार मुनाफा गरेको छ ।
यो नाफा गत वर्षको यसै अवधिको तुलनामा साढे ४० प्रतिशत बढी हो । गतवर्ष यस अवधिसम्म कम्पनीले ९ करोड ६ लाख १३ हजार मुनाफा गरेको थियो ।
यस वर्ष कम्पनीको कुल आम्दानी ३७ दशमलव ३५ प्रतिशत बढेको छ । गत वर्ष १५ करोड ६९ लाख १९ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष २१ करोड ५५ लाख ४३ हजार कुल आम्दानी गरेको हो । गत वर्ष ६ करोड ६३ लाख ६ हजार कुल खर्च भएको कम्पनीको यसवर्ष ८ करोड ८२ लाख ३२ हजार खर्च भएको छ ।
६० प्रतिशत हकप्रद शेयरमार्फत पूँजी वृद्धि गरी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम पनि यसवर्ष १४ प्रतिशत बढी २६ करोड १४ लाख ५१ हजार कायम भएको छ । बीमा कोष रकम पनि १७ प्रतिशत बढेर ६० करोड ५ लाख ८६ हजार पुगेको छ ।
यसवर्ष कम्पनीले १ अर्ब ५ करोड ६८ लाख ७५ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने ४८ करोड ४५ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको छ । कुल बीमाुशल्क आर्जन रकम गत वर्षभन्दा यस वर्ष २८ प्रतिशत बढेको हो भने कुल दाबी भुक्तानी रकम २० प्रतिशत घटेको हो ।
गत वर्ष ८९ हजार ५४ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष १ लाख २७ हजार ४७३ बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी यो अवधिसम्म १६ दशमलव ५४ र प्रतिशेयर नेटवर्थ १८९ दशमलव ३० रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार