यूनाइटेड इन्स्योरेन्सको अधिकांश सूचकमा उत्साहजनक प्रगति, ३३४ प्रतिशतले बढ्यो मुनाफा
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १५:५१:२९
२४ वैशाख, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको छ ।
तेस्रो त्रैमासमा कम्पनीले ५ करोड २७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ३३४ दशमलव ९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमाससम्ममा कम्पनीले ३७ करोड ८५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले यस्तो आर्जन ५३ दशमलव १२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ०१ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात १३९.७७ गुणा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार