एक कदम पछाडि सर्दै ओली
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १७:३८:४७
२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सायदै सोचेका थिए–माधवकुमार नेपाल फेरि आक्रमक अवस्थामा पुग्नेछन् । माधव पक्षलाई गलाएर पार्टीबाट लघार्ने बाटो जुराउने हेतुले ओली हठात् रुपमा वैशाख २७ गते प्रतिनिधिसभा बैठक आह्वान गराए । ओलीलाई लागेको थियो–यो प्रकरणबाट नेपाल पक्ष आफूसँग लत्रन वाध्य हुनेछ । किनभने विश्वासको मत दिएन भने पार्टीबाटै निश्कासन गर्ने बाटो खुल्नेछ । नेपाल पक्षले वाध्य भएर मत दिने उनको विश्वास थियो ।
सके जनता समाजवादी पार्टीको सग्लो समर्थन नभए पनि महन्थ ठाकुर पक्षको साथ पाउने ओलीको अनुमान थियो । तर परिस्थिति उल्टो भयो । पहिलो त माधव नेपाल पक्ष विपक्षीसँग दरिलो गठबन्धन बनाउन कस्सियो । राष्ट्रियसभाका लागि जेठ ६ गते हुने उपनिर्वाचनमा आफू पक्षीय डा. खिमलाल देवकोटालाई साझा उमेदवार बनाउन नेता नेपाल भए । यसबाट ओलीलाई पहिलो झड्का लाग्यो ।
बाग्मती प्रदेशमा नेता नेपाल पक्ष नै बलियो छ । प्रधानमन्त्री ओलीले चाहेका रामबहादुर थापा भन्दा डा. देबकोटालाई नै मत हाल्ने एमालेका धेरै नेता देखापरेका छन् । यो निर्णयले ओलीलाई साँच्चै लगायो । जसले गर्दा उनले माधव पक्षसँग तत्कालका लागि युद्धविराम गर्न उचित ठाने ।
ओलीको यो मनसाय बुझेरै हिजो बोलाइएको स्थायी कमिटीमा नेपाल लगायत नेतामाथिको कारबाही फुकुवा गर्न प्रस्ताव राखे । यद्यपि यसबारे ठोस निकास दिन भने अझै तयारी पुगेको छैन । तर ओली गलीसकेकाले अब एक कदम पछाडि फर्कने तयारीमा छन् । त्यसैले उनले हिजो र आज नेपाल पक्षीय दोस्रो पुस्ताका नेताहरुसँग आफैं वार्तामा सहभागी भएका छन् । उनले हिजो मध्यरातसम्म घनश्याम भूषाल र योगेश भट्टराईसँग झण्डै तीन घण्टा लामो छलफल गरे ।
छलफलमा ओलीले कारबाही फुकुवा मात्र गर्न सक्ने अडान राखेका थिए भने अर्काे पक्षले जेठ २, २०७५ मा पुगेर मात्रै निकास निस्कने आफ्नो अडान दोह¥याएका थिए ।अहिले तत्कालका लागि ओलीलाई परेको संकट राष्ट्रियसभा निर्वाचन नै हो । सकेसम्म बादललाई नै पठाउने उनको जोड कायमै छ । तर यो प्रस्ताव नेपाल पक्षले अस्वीकार गर्ने भएपछि अर्काे साझा उमेदवार बनाउन उनी चाहन्छन् । नेपाल पक्ष भने अब डा. देबकोटाको विकल्पमा सोच्न नसकिने भन्दैछ ।
नेपाल पक्षले विश्वासको मत नदिन अगाडि नै प्रत्यक्ष निर्वाचित २१ जनाको सामुहिक राजीनामाको तयारीले ओली अझै आत्तिएका छन् । कदाचित यस्तो स्थिति बन्यो भने गठबन्धन सरकार बन्ने सम्भावना चुलिने छ । जसपामा पनि ठाकुर पक्ष अल्पमतमा परेको र नेपाल पक्षले पनि सामुहिक राजीनामा दिए भने ओली सडकमा पुग्ने अवस्था छ । त्यसका लागि नेपालले विगत तीन दिनदेखि गरेको दौडधूप कारगर साबित भएको हो ।
एक कदम पछाडि नफर्र्किए आप्mनो सत्ता विरासत गुम्ने निश्चित देखिएकाले नै ओलीले ईश्वर पोखरेल, सुभाषचन्द्र नेम्बाङ र विष्णु पौडेलहरुलाई परिचालन गरेका हुन् । यो यथार्थ नेपाल पक्षले पनि राम्ररी बुझेको छ । ओलीको चाल नबुझ्दा फेरि धोका खाने सम्भावना रहेको सबैलाई ज्ञात छ । त्यसैले ओलीको बोली र गोलीको भर हुँदैन भन्ने सोच नेपाल पक्षले बनाएको छ । तै फागुन २८ को निर्णय सच्चिए एमाले भित्रै बसेर संघर्ष गर्ने उनीहरुको सोच रहेको छ ।
ओली पनि त्यति सजिलै गलिहाल्ने पक्षमा छैनन् । उनको भित्री इच्छा भनेको माधव नेपाल लगायत केही टाउकेहरुलाई पार्टीबाट निश्कासन गरेर एमाले कब्जा गर्ने नै हो । त्यसैका लागि यत्रो काण्ड रचेका हुन् ओलीले । तर परिस्थिति अली बिग्रिएको मात्रै हो ।
तत्कालको समस्याबाट पार पाउन मात्रै उनले माधवहरुको कारबाही फुकुवा गर्ने फण्डा फालेका हुन् । अब नेता नेपालसँग ठोस छलफल गर्ने अजेण्डा र आधार नभएकोले नै ओलीले फेरि शीतल निवासलाई प्रयोग गरेको छ । त्यसैको परिणाम थियो–हिजो साँझ नेपाल र राष्ट्रपतिबीचको वार्ता ।
स्रोतका अनुसार, छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीले अब एमालेमा ओली र नेपालको मिलन अपरिहार्य रहेका भन्दै कारबाही फुकुवा गर्ने र मिल्ने आधार खोज्न सकिने बताएकी थिइन् । त्यहाँ पनि नेता नेपालले आफ्नो पुरानै अडान दोह¥याएका थिए ।
प्रधानमन्त्री ओलीको पछिल्लो चारामा आफू नफस्ने नेता नेपालले बताएका छन् । तर परिस्थिति कसरी अगाडि बढ्छ भन्ने चाहिं फेरिपनि ओलीकै कदममा भर पर्ने अवस्था यथावतै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार