प्रभु लाइफकाे नेट्वर्थ गणनामा गाेलमाल
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार २२:१९:२८
२४ वैशाख, काठमाडौं । जीवन बीमा कम्पनीहरुले नेट्वर्थ निकाल्दा चुक्ता पुँजी, जगेडा कोष र महाविपत्ति जगेडा पनि जोड्ने गरेका छन् । तर, तेश्रो त्रैमासको रिपोर्ट निकाल्दा प्रभु लाइफ इन्स्योरेन्सले भने महाविपत्ति जगेडा नै नजोडेर नेट्वर्थ गणना गरेको भेटिएकाे छ ।
तेश्रो त्रैमासको प्रतिवेदन अनुसार प्रभु लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब, जगेडा कोषमा ३६ करोड ६० लाख र महाविपत्ति जगेडा कोषमा २ करोड ५७ लाख रहेको छ । यदि चुक्ता पुँजी, जगेडा कोष र महाविपत्ति जगेडालाई जोडेर प्रतिशेयर नेट्वर्थ निकाल्दा ११९ रुपैयाँ ५९ पैसा हुन आउँछ।
प्रभु लाईफले कसरी निकाल्यो रिपोर्ट ?
तेश्रो त्रैमासको विवरण निकाल्दा प्रभुले चुक्ता पुँजी, जगेडालाई मात्र जोडेर प्रतिशेयर नेट्वर्थ निकालेको देखिन्छ । कम्पनीको प्रकाशित प्रतिशेयर नेट्वर्थ ११८ रुपैयाँ ३० पैसा आउँछ ।
के भन्छ बीमा समिति ?
बीमा समितिका कार्यकारी निर्देशक एवं सुचना अधिकारी राजुरमण पौडेलका अनुसार हरेक बीमा कम्पनीले प्रकाशन गर्ने वित्तीय विवरणमा समितिले तोकेको मापदण्ड पुरा हुनु अनिवार्य छ । नेट्वर्थ गणनामा चुक्ता पुँजी, जगेडा कोष र महाविपत्ति कोषको रकम जोड्नु अनिवार्य हुन्छ ।
यदि कोही कसैले यो मापदण्ड बाहेक गरेर रिपोर्ट प्रकाशन गरेको भएमा त्यस कम्पनीको व्यालेलन्ससिट परिवर्तन गर्नु नै पर्छ । उनले भनेः- हाम्रो सम्बन्धित सेक्सनले रिर्पोट हेरेपछि कैफियत भेटिएमा रिपोर्ट सच्याउन निर्देशन दिन्छ । कुनै पनि बीमा कम्पनीले बीमा समितिको नियम र निर्देशन विपरित काम गर्न पाउँदैन । दायाँ बायाँ गर्ने कोही कसैलाई छुट छैन ।
के भन्छ प्रभु लाईफ ?
प्रभु लाईफका वित्त प्रमुखले प्रतिशेयर नेट्वर्थ गणनामा महाविपत्ति जगेडा जोडिन्छ कि जोडिदैन भन्ने हाम्रो प्रश्नमा हिसाब गरेर हेर्नुहोस् न थाहा पाइहाल्नु हुन्छ नि भन्ने जवाफ दिए । उनले भने, हामीले रिर्पोट निकालिसकेका छौं, हिसाब गरेर हेर्नुहोस् ।
हिसाब गर्दा त बीमा समितिको मापदण्ड अनुसार त मिलेको छैन नि ? भन्ने प्रश्नमा हिसाब धेरै फरक नपरेको बताए । बीमा समितिले नेटवर्थका लागि भनेर कुनै नियम ननिकालेको हुँदा महाविपत्ती जोड्न नपर्ने बताए । उनीहरु (समिति) ले नयाँनयाँ फर्मुला पठाएका हुन्छन् । सोही फरर्मुला अनुसार हामीले रिपोर्ट प्रकाशन गर्ने हो । एनएफआरएस अनुसार हामीले निकालेको नेटवर्थ जति छ, त्यही नै सही हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार