चलचित्र क्षेत्रमा बौद्धिक चोरीको संरक्षण र बीमा गर्न आग्रह
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शनिबार ४:५७:३३
२४ वैशाख, काठमाडौं । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ‘निफ’को चौथो संस्करणको दोस्रो दिन आज चलचित्र उद्योगमार्फत नेपालमा रोजगारीको अवसर तथा सामाजिक रुपान्तरण विषयक अअनतरक्रिया सम्पन्न भएको छ । भर्चुअल कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगत्का हस्तीसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान ‘निफ’का अध्यक्ष केपी पाठकले बताए ।
कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक चोरीको संरक्षण गर्नुपर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरुका लागि उचित बीमाको व्यवस्था गर्न आग्रह गरे ।
कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको सिर्जना, जनशक्तिको विकास कसरी गर्नेलगायत विषयमा गहन अध्ययनविना शुरु भएको उद्योगले थोरै मात्रामा भए पनि चलचित्र जगत्मा श्रमशक्ति स्थापित गर्न सफल भएको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन र विश्व बजारमा प्रतिस्पर्धा गर्न चलचित्र शिक्षालाई व्यावसायिक बनाउन जरुरी रहेको बताए । महोत्सव यही वैशाख २७ गतेसम्म चल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार