अजोड इन्स्योरेन्सको मुनाफा ७४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १४:५:२
२६ वैशाख, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा अजोड इन्स्योरेन्स लिमिटेडले ७४ प्रतिशत बढी मुनाफा गरेको छ । गत वर्ष ३ करोड ५१ लाख मुनाफा गरेको कम्पनीले यस वर्ष ६ करोड ११ लाख यो मुनाफा गरेको हो ।
कम्पनीको कुल आम्दानी यस वर्ष गत वर्षभन्दा ६३ प्रतिशत बढी र कुल खर्च ५१ दशमलव ६६ प्रतिशत बढी भएको छ । यो तेस्रो त्रैमाससम्म कम्पनीले ११ करोड १३ लाख कुल आम्दानी गर्दा ५ करोड २ लाख कुल खर्च गरेको हो ।
यसै वर्ष सर्वसाधारणमा ३० करोड बराबरको आईपीओ जारी गरी चुक्तापूँजी १ अर्ब पुर्याएको कम्पनीको जगेडा कोष रकम १२६ दशमलव ७३ प्रतिशत बढी ७ करोड ५५ लाख कायम भएको छ । कम्पनीको बीमाकोष रकम पनि ९३ प्रतिशत बढेर ९ करोड २९ लाख कायम भएको छ ।
कम्पनीले ६८ दशमलव ९० प्रतिशत बढी यो वर्ष १ अर्ब २ करोड ४१ लाख कुल बीमाशुल्क आर्जन गरेकोमा २०१ प्रतिशत बढी ५० करोड २९ लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष १ हजार ५६८ जनामा कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ३ हजार ३५० जनामा दाबी भुक्तानी गरेको हो ।
गत वर्ष ७० हजार ४०० बीमालेख जारी गरेको कम्पनीले यस वर्ष १ लाख ५ हजार ९० बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ दशमलव १५ र प्रतिशेयर नेटवर्थ ११७ दशमलव ६८ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार