साढे २ अर्ब बीमाशुल्क आर्जन गरेको सिटिजन्स लाईफ इन्स्योरेन्सको १ दशमलव २७ प्रतिशतले मुनाफा बढ्यो
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १४:२७:५१
२६ वैशाख, काठमाडौं । सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनासम्म १४ करोड ५७ लाख ४८ हजार मुनाफा गरेको छ ।
यो मुनाफा गत वर्षको यसै अवधिको तुलनामा १ दशमलव २७ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १४ करोड ३९ लाख २३ हजार मुनाफा गरेको थियो ।
यस वर्ष कम्पनीले ५ प्रतिशत बढी खर्च गरेको छ । कम्पनीले २० करोड ५५ लाख १३ हजार आम्दानी गरेकोमा ५ करोड ९७ लाख ६५ हजार खर्च गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन भने ११० प्रतिशतले बढेको छ ।
गत वर्ष १ अर्ब १८ करोड ५३ लाख ११ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष २ अर्ब ४८ करोड ७४ लाख ९८ हजार यो शुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी रकम भने यस वर्ष ४७७ प्रतिशत बढी भएको छ ।
गत वर्ष यस अवधिमा ७ करोड २२ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ४१ करोड ७१ लाख २७ हजार दाबी भुक्तानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रहेको छ । यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न बाँकी रहेको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ६५ प्रतिशत बढेर ७६ करोड कायम भएको छ ।
जीवन बीमा कोष रकम १३८ प्रतिशत बढेर ३ अर्ब १ करोड ११ लाख २९ हजार कायम भएको छ । तेस्रो त्रैमाससम्म दिर्घकालिन लगानी ३ अर्ब ८३ करोड ९९ लाख २ हजार रहेको कम्पनीले बीमालेख धितोमा २३ करोड ५ लाख २५ हजार कर्जा प्रवाह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार