बिपी प्रतिष्ठानमा संक्रमितको सङ्ख्या बढ्दै
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २०:५५:५२
२६ वैशाख,धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो तथ्याङ्क यही वैशाख १ गते यताको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार प्रतिष्ठानबाट हालसम्म कोरोना जितेर (पूर्ण रुपमा निका भएर) १२ जना घर फर्केका छन् । एकसठ्ठी जना कोभिड अस्पतालमा उपचाररर्थ रहेका छन् । हालसम्म १८ जनाको ज्यान गएको सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
एक सय श्यया क्षमता भएको प्रतिष्ठानमा निको भएर घर फर्कनेको सङ्ख्या पनि बढेर गएको छ । दश पूर्ण रुपमा निका भएर घर फर्केका छन् । तेइस आइसियु र अक्सिजन श्ययाबाट जेनेरल श्ययामा स्थानान्तर भई होम आइसोलेशनमा बस्ने गरी घर फर्केका सहप्रवक्ता पोखरेलले बताए ।
“अस्पतालले कोरोना नेगेटिम भएर फर्केकालाई मात्र निको भएको मान्ने गरेको छ, तर आइसियुमा बस्ने र अक्सिजन श्ययामा बसेर सामान्य भएर घर फर्कनेको सङ्ख्या बढेको छ”, डा.पोखरेलले भने, “हाम्रो क्षमताले भ्याएसम्म सङ्क्रमितलाई सेवा दिइरहेका छौँ, हालसम्म कुनै संक्रमितलाई फर्काउनु परेको छैन् ।”
संक्रमितको सङ्ख्या बढ्दै जाँदा पछि भने समस्या हुने उहाँको भनाइ छ । संक्रमितलाई प्रतिष्ठानमा ल्याउँदा अस्पतालसँग समन्वय गरेरमात्र ल्याउन उनले आग्रह गरे । त्यसका लागि डा इन्द्र लिम्बू र डा विकास साहलाई फोकल पर्सनका रुपमा अस्पतालले तोकेको उनले जानकारी दिए ।
समन्वय नगरी संक्रमित ल्याउन कतिपयलाई आइसियु श्यया वा अक्सिजन चाहिने हुन सक्छ यहाँ खाली नहुन सक्छ । त्यस्तो बेलामा जटिलता उत्पन्न हुने भएकाले उनीहरुसंग समन्वय गरेर मात्र संक्रमित प्रतिष्ठान ल्याउन प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशङ्कर साहले जानकारी दिए ।
यही वैशाख २५ गतेसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा एक हजार ३३८ जना भर्ना भएका थिए । नौ सय ९९ जना पूर्ण निको भएर घर फर्केका थिए भने १३९ जनाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको ल्याबमा ८० हजार ३३२ जनाको पिसिआर परीक्षण गरिएको छ । आठ हजार ५२६ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको प्रतिष्ठानको तथ्याङ्कमा उल्लेख छ । प्रतिष्ठानमा प्रदेश नं १ र २ का केही जिल्लाबाट पिसिआर परीक्षणका लागि स्याम्पल आउने गरेको छ ।
प्रतिष्ठानले विशेषज्ञ चिकित्सक, कन्सल्ट्यान्टसहितको चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी कोभिड अस्पतालमा खटाएको छ । दुई सिफ्ट बनाएर २५ जनाको दरले जनशक्ति खटाइएको निर्देशक साहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कुसुम सेञ्चुरी
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत नेपाली माटोबाट जन्मिएको होः प्रधानमन्त्री
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार