आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाइफको मुनाफा बढ्यो, अन्य सूचक कस्तो ?
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १५:२६:०
२७ वशाख, काठमाडौं । सर्वसाधारणमा आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म इन्स्योरेन्सले ९ करोड ३६ लाख ८६ हजार मुनाफा गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको मुनाफा ११ दशमलव ७५ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिमा कम्पनीले ८ करोड ३८ लाख ३८ हजार खुद नाफा गरेको थियो ।
यस वर्ष १५ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले करीब २७ प्रतिशत बढी कुल खर्च गरेको छ । कम्पनीले यो वर्ष १२ करोड २७ लाख ९० हजार कुल आम्दानी गरेको छ भने २ करोड ९१ लाख ४ हजार खर्च गरेको हो ।
सर्वसाधारणमा ६० करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीको हाल १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६५ प्रतिशत बढी रू। २० करोड ६३ लाख २१ हजार कायम भएको छ ।
जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १४८ प्रतिशत बढेर १ अर्ब ९२ करोड ३५ लाख पुगेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १५२ दशमलव ४९ प्रतिशत बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ ।
गत वर्ष २ करोड १० लाख ८९ हजार बीमालेख धितोकर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष ५ करोड ३२ लाख ४८ हजार प्रवाह गरेको हो ।
यस वर्ष कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ । गत वर्षभन्दा यस वर्ष १५४ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले ५७ गुणा बढी कुल दाबी भुक्तानी गरेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ५८ करोड १५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो भने १५ लाख मात्र कुल दाबी भुक्तानी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार