आइएमई जनरल इन्स्योरेन्सले गर्यो १८ करोड ८५ लाख मुनाफा, नेटवर्थ कति ?
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १८:४:५५
२७ वशाख, काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७५.६३ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १० करोड ७३ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको थियो ।
इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ४२.८९ प्रतिशतले बढेर ५१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३६ करोड २७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ र बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २३ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात ५४.०९ गुणा बढी छ । कम्पनीले यस अवधिमा १ लाख २ हजार २७१ वटा बीमालेख जारी गरी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार