भूकम्पले भत्किएका २९४ गुम्बा मर्मत
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १९:३१:१९
२७ वैशाख,काठमाडौं । छ वर्ष अघिको गोरखा भूकम्पले भत्किएका २९४ गुम्बाको मर्मत सम्भार गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यसमध्ये मर्मत सम्भार गर्नुपर्ने ४०२ गुम्बामा २९४ को काम सकिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।
भूकम्पपछि गरिएको स्थलगत अध्ययनका क्रममा ८९५ गुम्बा पुनर्निर्माण गर्नुपर्ने भेटिएको छ । सोमा १०० वर्षभन्दा पुराना गुम्बाको सङ्ख्या २५० छ । हाल १०० वर्षभन्दा पुराना पाँच गुम्बाको पुनःनिर्माण भइरहेको उनले सुनाए ।
भूकम्पले भत्किएका गुम्बामध्ये दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका गुम्बाको सङ्ख्या १४ छ । दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका आठ गुम्बाको पुनःनिर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।
गुम्बा व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहबाट पुनःनिर्माण भइरहेका गुम्बाको सङ्ख्या १०१ छ । समिति र स्थानीय तहले पुनःनिर्माण गर्नुपर्ने गुम्बाको सङ्ख्या ६३१ छ । यी गुम्बा क्रमशः पुनःनिर्माण गरिने कार्यक्रम रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार