ओली राख्ने वा हटाउने विषय माधव नेपालकै हातमा
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १६:३२:३५
२८ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न विफल भएका प्रधानमन्त्री केपी ओली पदमुक्त भएपछि सुरु भएको नयाँ सरकार गठन प्रकृया थप जटिल बन्ने देखिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनाउने विपक्षीहरुको प्रयास जनता समाजवादी पार्टी भित्रको बेमेलले अन्योलग्रस्त बनेको हो । जसपा अध्यक्ष महन्थ ठाकुरले हिजै राति विज्ञप्ती जारी गर्दै देउवा नेतृत्वको गठबन्धनलाई साथ नदिने प्रष्ट पारेको छ । तर जसपाकै अर्काे खेमा भने नयाँ सरकार बनाउन सकृय देखिएको छ ।
देउवाले जसपाको सग्लो समर्थन नपाएसम्म नयाँ सरकार गठन गर्न सक्ने स्थिति छैन । यद्यपि नेकपा एमाले कै माधव नेपाल समूहको आगामी निर्णयले मात्रै नयाँ सरकारको टुंगो लाग्ने अवस्था भने कायमै छ ।
राष्ट्रपतिले नयाँ सरकार बनाउन यही बैशाख ३० गतेसम्म दलहरुलाई समय प्रदान गरेकी छन् । जसपाले नयाँ सरकार गठनप्रति निस्कृय रह्यो भने अर्काे सरकार बन्ने सम्भावना न्यून हुने छ । उपेन्द्र यादवले मात्रै सघाएर देउवा नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको जसपा नेता राजेन्द्र महतोले बताएका छन् ।
नयाँ सरकार निर्माणका लागि उपेन्द्र यादवले कांग्रेस , माओवादी गठबन्धनमा हस्ताक्षर गरेका छन् । उपेन्द्रको यो कदम गैरकानूनी भएको जिकिर नेता महतोको छ । पार्टी विभाजन नगरी उपेन्द्रले यस्तो हस्ताक्षर गर्न नपाउने पनि उनले दावी गरे । महन्थजीको हस्ताक्षर बिनाको पत्रलाई राष्ट्रपतिले मान्न नसक्ने उनको भनाई छ ।
यसरी हेर्दा अबको गठबन्धन सहज देखिंदैन । तर माधव नेपाल पक्षले राजीनामा वा ओलीले कारबाही गर्दा मात्रै देउवाको पक्षमा बहुमत पुग्न सक्ने अवस्था छ । त्यसैले फेरि पनि ओली राख्ने वा हटाउने विषय माधव नेपालकै हातमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार