देउवा निवासमा गठबन्धन बैठक बस्दै
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १७:९:२९
२८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न तीन दिनको समय दिएपछि विपक्षी गठबन्धन चलायमान भएको छ । नयाँ सरकार गठन गर्नेबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवासमा गठबन्धनको बैठक डाकेका छन् ।
बैठकमा वैकल्पिक सरकार बनाउने रणनीति बनाउन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बूढानीलककण्ठ जाँदैछन् । देउवाले एमालेकै असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई समेत बैठकमा आमन्त्रण गरेका छन् ।
देउवा निवास जानुअघि सबै राजनीतिक शक्तिले आफ्ना समूहको बैठक गर्दैछन् । नेकपा एमालेका असन्तुष्ट पक्षका नेताहरु आज बिहान नेता नेपाल निवासमा भेला भएका थिए । उनीहरुले अब पार्टी अध्यक्ष केपी ओलीसँग मिलेर जाने सबै ढोका बन्द भइसकेकाले उनलाई साइजमा ल्याउन भएपनि नयाँ सरकार बनाउनै पर्ने निश्कर्ष निकालेका छन् ।
भेलामा सहभागी नेता झपट रावलले भने–नेकपा एमाले विभाजन नहोस् भन्ने आम कार्यकर्ताको चाहना विपरित ओलीले विभाजन गर्नै लागेकाले हामीले यो रणनीति अपनाउने भएका हौं । सरकारबाट हटेपछि ओलीले पनि आफ्नो हैसियत थाहा पाउने र कार्यकर्ताको दबाब स्वीकार्न वाध्य हुने उनको भनाई छ ।
२ बजे आफ्नो पक्षको समेत देउवा निवासमा हुने बैठकमा सहभागिता रहने उनले प्रष्ट पारे । नयाँ गठबन्धनमा सामेल हुन नेपाल पक्षले आजै वा भोलिसम्म संसद्बाट राजीनामा दिने भएका छन् । तर उनीहरुले तत्काल संसद भंग नगर्ने र पूरै कार्यकाल चलाएर मात्रै निर्वाचनमा जानुपर्ने सर्त राख्ने बुझिएको छ ।
यसो गर्दा आफूहरुले पनि शक्ति सञ्चय गर्न समय पाउने र ओलीसँग भिड्न सक्षम हुने उनीहरुको बुझाई छ । आजको बैठकले जसपाभित्रको विवादलाई समेत संबाेधनको प्रयास गर्ने नेपाली कांग्रेस निकट स्रोतले बतायो ।
पार्टीका नेता एनपी साउदका अनुसार, बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुरलाई समेत बोलाइएको छ । यद्यपि उनी आउने जानकारी भएको छैन । तर आजको बैठकले ठाकुर पक्षको समेत सहमति जुटाएर नयाँ सरकार बनाउनमै बढी ध्यान दिनु आवश्यक रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार