कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १३:५९:४८
२९ वैशाख, धादिङ । ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए ।
धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा गम्भीर किसिमका कोरोना सङ्क्रमित व्यक्ति बढेसँगै उपचारमा सहजताका लागि महासंघले अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पु¥याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए ।
व्यवसायीहरूबाट अक्सिजन भरेर अस्पताललाई उपलब्ध गराएको महासंघका महासचिव रेग्मीले बताउनुभयो । हरेक दिन कोरोना सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले सामाजिक दायित्वअन्तर्गत बजारमा सिलिण्डरसमेत नपाइने अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । व्यवसायीहरुसँग उठाएर ल्याइएको सिलिण्डर रिफिल र ढुवानी खर्च निर्माण व्यवसायी नारायणकुमार श्रेष्ठले बेहोरेका छन् ।
जिल्ला प्रसाशनको अनुरोधमा ह्वासिन सिमेन्ट उद्योगले १५ वटा अक्सिजन सिलिण्डर अस्थायी कोभिड अस्पताललाई उपलब्ध गराएको छ । सिमेन्ट उद्योगले निःशुल्क उपलब्ध गराएको थियो । यससँगै धादिङमा हाल १३० अक्सिजन सिलिण्डर रहेको छ । हरेक दिन २५ देखि ३० अक्सिजन सिलिण्डर बिरामीलाई प्रयोग गरिरहेको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कुसुम सेञ्चुरी
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत नेपाली माटोबाट जन्मिएको होः प्रधानमन्त्री
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार