राजीनामा रोक्ने ओलीको चाल
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १६:१५:१०
३० वैशाख, काठमाडौं । सत्ता राजनीतिको केन्द्रमा आइपुगेको नेकपा एमालेका माधवकुमार नेपाल पक्षलाई आफ्नो पक्षमा पार्न विपक्षी कांग्रेस मात्र होइन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि लागिपरेका छन् ।
नेपाल पक्षले राजीनामा दिएको अवस्थामा ओलीको विकल्पमा नयाँ सरकार बन्ने अवस्था रहेको छ । राजीनामा नदिंदा ओली नै संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार बनाउन सक्षम हुने अवस्था छ । नेपाललाई फकाउन ओलीले आज बिहानै अर्थमन्त्री विष्णु पौडेललाई कोटेश्वर पठाएका थिए ।
नेपालसँगको भेटमा उनले राजीनामा नगर्न आग्रह गरेका थिए । नेपाल पक्षले राखेका माग र मुद्धाका सम्बन्धमा आजै स्थायी कमिटी बैठक राखेर संवोधनको प्रयास गर्ने प्रधानमन्त्री ओलीको सन्देश सुनाएका थिए । सोही बमोजिम अहिले वालुवाटारमा ओली पक्षको स्थायी कमिटी बसिरहेको छ ।
तर, नेपाल पक्षका मागबारे सहमति जुट्न मुश्किल रहेको बुझाई उनीहरुको रहेको छ । साथै, यो ओली पक्षको ललीपप देखाउने रणनीति भएको बुझाई नेपाल पक्षको रहेको छ । राजीनामा रोक्ने उद्येश्यले मात्र यस्तो चाल चलिएको हुन सक्ने अनुमान उनीहरुले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार