नेपाल लाईफ इन्स्योरेन्सको मुनाफा ८.३६ प्रतिशतले बढ्यो, ईपीएस कति ?

नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १९:१४:०

३० वैशाख, काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५० करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.३६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४६ करोड ७५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्ममा कम्पनीले २४ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा यो आम्दानी ३५.४९ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो आम्दानी १८ अर्ब ४१ करोड रुपैयाँमा सीमित थियो ।
हाल चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड रुपैयाँ, इन्स्योरेन्स कोषमा १ खरब ७ अर्ब रुपैयाँ र महाविपत्ति जगेडामा ५९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको मुनाफामा वृद्धिभएपनि प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा रहेकोमा अहिले त्यो घटेर ९ रुपैया ३८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
सानिमा रिलायन्सले लाभांश वितरण गर्ने
फागुन १३, २०८१ मंगलबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार