संक्रमितको शव व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २३:२१:३३
३० वैशाख,लहान । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने ठाउँ तोक्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय सिरहाले निर्देशन दिएको छ ।
शव व्यवस्थापन कहाँ गर्ने विषयमा पटक पटक विवाद देखिएपछि शव गाड्ने÷जलाउने विवाद रहीत स्थानको पहिचान गरी सर्वसधारण र सुरक्षा निकायलाई समयमै जानकारी दिन स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलले निर्देशन दिएका हुन् । यस्तै शव व्यवस्थापन गर्दा शव वाहनमा लाग्ने इन्धन र शव वाहन चालकलाई प्रोत्साहन स्वरुप एकहजार रुपैयाँ स्थानीय तहले दिने निर्णय भएको छ । अहिले सिरहा अस्पताल र लहान अस्पतालसँग मात्र एक÷एक वटा शव बाहन छ । ती शव वाहनलाई उचित व्यवस्थापन गर्न अस्पताललाई नै जिम्मेवारी तोकिएको प्रजिअ कणेँलले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै कोभिड १९ महामारी नियन्त्रण तथा रोकमाथमका योजना तथा खर्चको विवरण अद्यावधिक गर्न स्थानी तह, सम्बन्धित सबै कार्यालय र संस्थालाई डिसिसिएमसीले निर्देशन दिएको छ । डिसिसिएमसीका अध्यक्ष तथा जिल्ला प्रमुख अधिकारी कणेँलको अध्यक्षतामा बसेको बैठकले सरकारी अस्पतालहरु, स्वास्थ्य कार्यालय, गाउँपालिका÷नगरपालिका र कोरोना नियन्त्रणमा खटिएका विभिन्न संस्थालाई योजना तथा आम्दानी तथा खर्च विवरण अद्यावधिक गरी सार्वजनिक गर्न दिर्नेशन दिएको हो ।
गत र चालु आर्थिक वर्ष ०७८ वैशाखसम्मको रकम, खर्च र मौज्दातको विवरण जेठ ५ गतेभित्र जिप्रकामा बुझाउन भनिएको छ ।गत आवमा पनि सो निर्देशन दिइएतापनि अधिकांश स्थानीय तहले खर्चका विवरण बुझाएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
पाँचखालका बिरामीलाई आवश्यकता अनुसार निःशुल्क रगत उपलब्ध हुने
पुष २८, २०८१ आइतबार