तपाईको जेठ महिनाको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार १२:१५:५
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- धन तथा कुटुम्ब भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले धन सम्पती हराउने,लुटिने तथा स्थाई सम्पतीमा विवाद हुन सक्छ ध्यान दिनुहोला । आउने अवसरहरुलाई क्याच गर्न नसस्दा उपलव्धी हातबाट फुत्किनेछ । होटल तथा रेष्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । टाउँको,आँखा तथा पेट तथा छात्ति सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न ।तरपनि बुध,शुक्र र मंगलग्रहको अनुकुल प्रभावले न्यायिक क्षेत्रमा काम गर्ने न्याधिस,अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारीसाधनको कारोबार फस्टाएर जानेछ । साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलव्धी हासिल हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । राज्य भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले निर्माण सामाग्री, मेडिकलका सामान खाद्यान्न जस्ता क्षेत्रमा गरिएको लगानीबाट भारि आम्दानी हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- बृष राशि भएका व्यक्तिहरुका लागी आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप,टाउँको दुखाई,आँखा,श्वासप्रश्वास तथा मौषमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेकोछ । पेट सम्वन्धी समस्या नआउला भन्न सकिन्न । आफन्त तथा अग्रजहरुसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेकोछ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुनसक्छ ध्यान दिनुहोला । तरपनि बुध र शुक्रको अनुकुल प्रभावले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पराराष्ट्र तथा कुटनितिको क्ष्ँेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । माया प्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ । भाग्यभावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले कार्यकारी पद,उच्च पोष्ट तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समय शुभ रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- समय मिश्रित रहेकोले आँखा,हड्डी तथा मुटु तथा श्वासप्रश्वास सम्वन्धी पुराना बिरामी हरुले ख्याल गर्नुहोला । आफन्त,घर परिवार तथा साथिभाईसँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडी बडे फाईदा हुने देखिन्छ । खर्चालु यात्रा हुन सक्छ ध्यान दिनुहोला । कार्य क्षेत्रमा आलोचना सहितको जन समर्थन प्राप्त हुनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी कठिनाई तथा असजिलो परिस्थितीको सामना गर्नु पर्ने योग रहेकोछ । तरपनि बुध,शुक्रको अनुकुल प्रभावले विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा समग लगानी गर्नेहरुका लागी समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरु भेटिनेछन् । बंश वृद्धिको गतिलो योग रहेकोछ । विलाशी वस्तुको प्रयोग गर्न पाईने तथा भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । तरल पदार्थ तथा सौन्दर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । कष्टभावमा गोचर गर्ने शनिको अढैयाको प्रभावले सवारीसाधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- बिद्यार्थी वर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् । राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउँने समय रहेको छ । पैत्रिक धन तथा भौतिक सम्पती हात लागी हुने योग रहेको छ । बिपरित लिङग तथा साथी संगतले फाईदा हुने तथा विलाशी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि थाती रहेका काम तथा मुद्दाहरु किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रसस्त धन तथा सम्पती कमाउन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ठ भोजन गर्ने अवसर जुर्नेछ । महिनाको अन्ततिर खर्च बढेता पनि व्यापार व्यवसायमा समय दिनेहरुले प्रशस्त आम्दानी गर्न सक्नेछन् । धर्म तथा आध्यात्मिकतामा मन जानेछ भने लामो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार भावमा गोचर गर्ने शनिको प्रभावले निर्माण सामाग्र,औषधी तथा खाद्यान्न सम्बन्धी समानको व्यापारमा बृद्धि भए पनि अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा बिद्यार्थी बर्गहरुले आफ्नो प्रतिस्पर्धी हरुलाई हराउन अली वढी मिहेनत गर्नुपर्नेछ । प्रशासनीक तथा सरकारी क्षेत्रमा तपाईँकै बर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुस्तरुपमा अगाडी बढ्नेछन् भने चुनौतिका पर्खालहरु आफै ढल्नेछन् । मायाप्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । बुध,शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । गोचरमा बुधको प्रभाव राम्रो हुनाले लेखन कला तथा बाणिमा सुधार गर्दै उन्नतीका पाईला अगाडी बढाउन सकिनेछ । प्रतिस्पर्धा भावमा गोचर गर्ने शनिको प्रभावले हार्डवयेर,निर्माण सामाग्री जस्ता सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा विशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ । संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी राज्यबाट पद प्राप्तीको योग रहेकोछ । नोकरीमा मान सम्मान पाईने योग रहेकोछ । गितकार,संगितकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मायालुको साथ पाउनेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला श्वासप्रश्वास,छात्ति तथा मुटुमा समस्या देखिन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । स्थाई सम्पतीमा विवाद आउने योग रहेकोछ भने दिदिबहिनी तथा आफन्तसँग अनाबस्यक विवाद हुन सक्छ । राजनीति तथा समाजसेवामा तपाईको उपश्थिती कमजोर रहनेछ । सवारीसाधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आँखा,हड्डी,मुटु , श्वासप्रश्वास तथा छात्ति सम्बन्धी र मेरुदण्ड सम्वन्धी रोगबाट पिढित भएकाहरुले भने सचेत हुनु जरुरी देखिन्छ । महिनाभरी नै शनिको साढेसातीको प्रभावले घरजग्गा तथा सवारीसाधनको कारोबारमा मन्दि आउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । तापनि बुध,शुक्र तथा अरु ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मेहनेत गर्दा पढाईलेखाईमा उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । पत्रकार,उद्योगी व्यापारी,खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- व्यापार भावमा गोचर गर्ने सूर्यले राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा जीवनसाथिसँग राय बाजिनेछ । ट्राभल तथा पर्यटनका क्षेत्रमा गरिएको लागानीबाट आम्दानी हुनेछैन । तरपनि अन्य ग्रहको अनुकुल प्रभाव पढाईलेखाई सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । विभिन्न अवसरहरुको सही तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलव्धी हात पर्नेछन् । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुन्दर तथा विलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ । राजनीति,व्यापारी,पत्रकार,विद्यार्थी र मेडिकलको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । पराक्रम भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले निर्माण सामाग्री र औषधीजन्य बस्तुको व्यापार फस्टाएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- छैटौ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेकोछ । पढाईलेखाईमा अरुलाई पछाडी छोड्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अदातल तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यवसाय थालनी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ । प्रेमबन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेकोछ । नयाँ कार्ययोजना बनाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । राजनीतिकर्मी,समाजसेवी,पत्रकार,खेलाडी,बिद्यार्थी तथा मेडीकल क्षेत्रसँग सम्वन्धीत व्यक्तिहरुका लागी समय उत्तम रहेकोछ । तरपनि महिनाभरिनै शनिको आद्य साढेसातीको प्रभाव पर्ने हुँदा बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । समयमा काम नसकिने तथा बौद्धिक व्यत्तित्वसँग सैद्धान्तिक राय बाजिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाईलेखाईमा अरुभन्दा पछी परिनेछ । शनिको साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले स्वास्थ्यमा पेट तथा श्वास प्रश्वास सम्वन्धी पुराना बिरामीहरुले बिषेश ध्यान दिनु जरुरी छ । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तापनि बुध,शुक्र तथा अन्य ग्रहको अनुकुल प्रभावले राननीति तथा समाजसेवमा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तीको गतिलो योग बनेकोछ । लेखन,कला तथा सहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समयले साथ दिनेछ । भूमि तथा पैत्रिक धन प्रयोग गरी मनग्गे धन सम्पती कमाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- शुख भावमा महिनाभर सूर्यको प्रभावले आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । छाती सम्वन्धी तथा श्वास प्रश्वास र मुटु सम्वन्धी समस्या आउन सक्छ ध्यान दिनुहोेला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । राजनीतिकर्मि,समाजसेवी तथा घर जग्गाको व्यापारीहरुका लागी समय मध्यम रहेकोछ । शनिको आद्य साढेसातीको प्रभाव रहने हुनाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । तर चिनामा शनि बलवान हुनेहरुका लागी समय फलदायी नै रहनेछ । बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल रहने हुनाले राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनीहरुका काम गर्नेहरका लागी समयले साथ दिनेछ । लेखनकलाको माध्यमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पती जोड्न सक्नेछन । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- मीन राशि भएका व्यक्तिहरुका लागी यो महिना समय उत्तम रहेकोछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवनशैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । खेलाडी तथा पराक्रमी क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पती संग्रह गर्नेछन् । दाजुभाई तथा छिमेकीसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाँफा कमाउन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडी बढ्न सकिनेछ । अन्धविश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । मायाप्रेमका सम्वन्धहरु विवाहमा परिणत गर्ने सहमती जुट्नेछ । तरपनि तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । तपाईको यो महिनादिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्ताे छ २०७९ साल जेठ महिनाको तपाईको राशीफल ?
जेठ १, २०७९ आइतबार
कस्ताे छ, तपाईकाे २०७८ साल भदौ महीनाको राशीफल ?
भदौ १, २०७८ मंगलबार
तपाईको २०७८ साल साउन महीनाको राशीफल
साउन १, २०७८ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार