आईसोलेसनलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २३:१:८
३१ बैशाख, वालिङ । वालिङ नगरपालिकाले निर्माण गरेको आईसोलेसनका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग प्राप्त भएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ का बिरामीहरुको उपचारमा प्रयोग गर्नकालागि गह«ौं प्राथमिक अस्पतालमा रहेको आईसोलेसनलाई दाताहरुले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नका लागि नगर प्रमुख दिलीपप्रताप खाँणलाई नगद उपलब्ध गराएका हुन् ।
वालिङ ८ ब्याङतुङ निवासी स्यानीदेवी सुबेदी, गोपालधन सुबेदी, टिकाराम सुबेदी र डाक्टर बालकृष्ण सुबेदीले दुई थान अक्सिजन खरिदका लागि रु. दुई लाख १३ हजार उपलब्ध गराए । उक्त चेक गोपालधन सुबेदीले नगर प्रमुख खाँणलाई आज हस्तान्तरण गरेका हुन् ।
त्यस्तै वालिङ वडा नं. ८ का वडा सदस्य एवं ब्यवसायी चेतनारायण श्रेष्ठले नगर प्रमुख खाँणलाई एक थान अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि रु. एकलाख ६ हजार हस्तान्तरण गरे। त्यस्तै गरी वालिङ १० बर्तुङ निवासी डोलराज सुबेदीले सोही मेसिन खरिदका लागि रु. २० हजार सहयोग उपलब्ध गराए ।
सहयोग रकम बुझ्नुहुँदै नगर प्रमुख खाँणले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि अत्यावश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि नगद उपलब्ध गराएर ठूलो गुन लगाएको भन्दै आभार ब्यक्त गरे । उनले प्राप्त रकमलाई बिरामीहरुमा अक्सिजनको कमि हुन नदिनका लागि कन्सन्ट्रेटर मेसिन खरिदका लागि प्रयोग गरिने बताए।
नगरपालिकाले इच्छुक ब्यक्ति तथा संघ संस्थाहरु कसैले स्वास्थ्यसम्बन्धी सामग्री तथा उपकरणहरु उपलब्ध गराउन सक्ने ब्यहोराको आब्हान जारी गरेसँगै नगरपालिकालाई विभिन्न संघ संस्था तथा ब्यक्तिहरुमार्फत सहयोग आउनेक्रम जारी रहेको छ । यसअघि पनि वालिङस्थित सहकारी तथा अन्य संस्था गरी १८ वटाले १८ थान शैया सहयोगस्वरुप उपलब्ध गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार