बिदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार २०:४९:१६
१ जेठ, बिदुर । नुवाकोट, रसुवा र धादिङका कोरोना संक्रमितहरुको उपचार गर्दे आएको त्रिशूली अस्पतालमा बिरामीहरुको चापसंगै प्रभावकारी स्वास्थ्य उपकरणहरुको अभाव देखिएका बेला बिदुर नगरपालिकाले शनिवार महत्वपूर्ण सहयोग उपलब्ध गराएको छ । अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको संख्या बढ्दै गईरहँदा नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै दुई थान भेन्टिलेटर उपलब्ध गराएको छ ।
शनिवार त्रिशूली अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच बिदुर नगरपालिकाका प्रमुख सञ्जु पंडितले अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई ५५ लाख ९३ हजार पाँचसय रुपैयाँ मूल्य बराबरको दुई थान भेन्टिलेटर हस्तान्तरण गरे । देशभरका अस्पतालहरुमा भेन्टिलेटरको अभावका कारण कोरोना संक्रमितहरुको उपचारमा समस्या देखिईरहेका बेला त्रिशूली अस्पतालमा शनिवार प्राप्त दुईसहित ६ वटा भेन्टिलेटरको उपलब्धता संगै अव नुवाकोट,रसुवा र धादिङका बिरामीहरुको जीवनरक्षामा महत्वपूर्ण उपलब्धि हासिल हुने अस्पताल ब्यवस्थापनको बिश्वास छ ।
त्यसक्रममा नगरप्रमुख पंडितले बर्तमान समयमा नागरिकको जीवनरक्षा भन्दा अन्य बिषय प्राथमिकतामा नरहेको र स्वास्थ्य संस्थाहरुको सवलीकरणबाट मात्र नागरिकको जीवनरक्षा गर्न सकिने भएकाले तत्कालको प्रमुख आवश्यकताको रुपमा रहेको भेन्टिलेटर उपलब्ध गराईएको बताउँदै कोरोना संक्रमण रोकथाम र नियन्त्रण गरि नागरिकको जीवनरक्षाका लागि आवश्यक सबै उपाय अवलम्वन गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता ब्यक्त गरे । सोही कार्यक्रममा नगरपालिकाकी उपप्रमुख गीता कुमारी दहालले उपचारका लागि आवश्यक उपकरणहरुको अभावमा नागरिकले जीवन गुमाउनु पर्ने अवस्थाको अन्त्यका लागि सबैको ऐक्यबद्ध प्रयत्न र समन्वयकारी भुमिका आवश्यक रहेकोमा जोड दिईन् ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल र त्रिशूली अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले नगरपालिकाले उपलब्ध गराएको भेन्टिलेटरका कारण कोरोना संक्रमितहरुको उपचारमा महत्वपूर्ण उपलब्धि हासिल हुने बिश्वास ब्यक्त गर्दे सबैको समन्वयात्मक प्रयासबाट मात्र कोरोना बिरुद्धको लडाईमा सफलता प्राप्त हुने धारणा ब्यक्त गरे ।
त्यसक्रममा अस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डाक्टर दिपेन्द्र पाण्डेले दिएको जानकारी अनुसार कोरोना संक्रमितहरुको उपचारका लागि अस्पतालमा ६ वटा आईसियु र ४ वटा एचडियुसहित ८० वटा बेड तयारी अवस्थामा छ भने हाल ५५ जनाको उपचार भईरहेको छ । त्यसमध्ये ६ जनाको आईसियुमा राखेर उपचार भईरहेको छ भने हालसम्म रसुवा, धादिङ र नुवाकोटका २÷२ जना गरि ६ जनाको मृत्यु भईसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
आइपिएलका हरेक खेलमा खेलाडीले साढे सात लाख म्याच फिस पाउने
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाए सर्वदलीय बैठक
असोज १३, २०८१ आइतबार
बाढीपहिरोको क्षति, उद्धार र राहतबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
असोज १३, २०८१ आइतबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार