आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १४:५०:५१
४ जेठ, कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ । यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो ।
शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न झन्झट बेहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरुबाट आएपछि अब उप्रान्त प्रदेश अस्पताल आफैँले मट्टितेल, कैँची, डोरी, प्लाष्टिकलगायतका आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिए ।
उनले भने, “उपचारका क्रममा कोरोना संक्रमितहरुको मृत्युले आफन्त शोकाकुल हुन्छन् । त्यही बीचमा शव व्यवस्थापनको सामग्री किन्न लगाउँदा झन् पीडा थपिएको महसुस गरेका छौँ । शोक र निषेधाज्ञाको अवधिमा झन् दुःख दिने काम भएकाले अस्पताल प्रशासनले आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य गरिदिएको छ ।”
आफ्ना प्रियजनको मृत्युले दुःखमा रहेका परिवार तथा आफन्तजनले निषेधाज्ञाको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु त्यत्तिकै चुनौतीपूर्ण भएकाले अस्पताल व्यवस्थापनले निःशुल्क उपलब्ध गराउने सूचना जारी गरेको छ । अब कोरोना सङ्क्रमणबाट आफन्त गुमाएर शोकमा डुबेका र आर्थिक अभाव भएका परिवारलाई राहत मिल्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कात्तिक ११, २०८१ आइतबार
कर्णालीका ४८ स्थानीय तहमा कहिले बन्छ आधारभूत अस्पताल ?
कात्तिक ६, २०८१ मंगलबार
कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कुसुम सेञ्चुरी
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत नेपाली माटोबाट जन्मिएको होः प्रधानमन्त्री
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार