लायन्सद्वारा १८ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार २३:३९:३०
४ जेठ,चितवन । लायन्स क्लबले भरतपुर अस्पताल, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई र बिप्याप मेसिन पाँच थान सहयोग गरेको हो ।
लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटु एरिया नं. ३ का क्लब तथा लायन्सहरुबाट कोभिड क्याम्पेन गरी सङ्कलन भएको रकमबाट ती सामग्री खरिद गरी आज भरतपुर अस्पताललाई हस्तान्तरण गरियो । ती सामग्री लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटुका ईलेक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले लायन्सको सहयोगको प्रशंसा गरे । गभर्नर भट्टले कोभिडको पहिलो लहरसँगै लायन्सहरु सहयोगमा जुटेको उल्लेख गर्दै गतवर्ष विभिन्न ठाउँमा रु १ करोड बराबरको सहयोग गरेको जानकारी दिए । उनले दोस्रो लहरसँगै लायन्सहरु आर्थिक सङ्कलनमा जुटेको बताउँदै यस क्षेत्रका अस्पतालहरुमा अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। अधिकारीले कोभिड महामारीमा उपलब्ध सामग्री सन्जीबनी बुटी सावित हुने बताए ।
विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्मालाई ईलेक्ट गभर्नर भट्टले दुई थान बिप्याप मेसिन हस्तान्तरण गरियो । यस्तै कावासोतीको मध्यविन्दु अस्पताललाई पनि एक थान सो मेसिन हस्तान्तरण गरियो । कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि क्लबले शव वहान उपलब्ध गराएको छ । गभर्नर भट्टले एक महिनाका लागि शव बोक्ने गाडीको साचो कालिबहादुर गण भरतपुरलाई हस्तान्तरण गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार