मुख्यमन्त्रीको नियुक्ति संविधान विपरित भएको भन्दै लुम्बिनीमा विपक्षी दल अदालत जाने
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार २३:४९:२७
५ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति संविधान विपरित भएको भन्दै विपक्षी दल अदालत जाने भएका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा पोखरेललाई संविधान विपरीत नियुक्त गरेकाले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी भएकाे हो ।
लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको संयुक्त बैठक बसेर प्रदेश प्रमुख धर्मनाथ यादवविरुद्ध रिट दर्ता गर्ने निर्णय गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्दै यी दलले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गरेका थिए । सो मागलाई अस्वीकार गर्दै प्रदेश प्रमुख यादवले प्रदेशसभामा पत्र पठाएपछि विपक्षी दलले अदालत जाने बाटो रोजेका हुन् ।
मुख्यमन्त्रीमा पोखरलेको नियुक्ति संविधानको मर्म र भावना प्रतिकुल रहेकाले संविधानको रक्षार्थ नियुक्ति बदरको माग गर्दै न्यायिक उपचारमा जाने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।
गत वैशाख १९ गते एमाले संसदीय दलका नेता पोखरेलले आफूसंग बहुमत रहेको दावी गरेपछि प्रदेश प्रमुख यादवले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार