दुई कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस गरियो
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १५:३९:२१
६ जेठ, दमौली । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना संक्रमित मिर्गौला पीडितको डायलासिस गरिएको छ । व्यास र म्याग्देका दुई कोरोना संक्रमित मिर्गौला पीडितको दोस्रो पटक डायलासिस गरिएको हो । दुवै मिर्गौला पीडितले विगतदेखि नै यहीँ डायलासिस गराउँदै आएका थिए ।
कोरोना संक्रमित भएपछि व्यासका मिर्गौला पीडितले गत शुक्रबार र म्याग्देका मिर्गौला पीडितले आइतबार पहिलो पटक डायलासिस गराएका थिए । दुवैजनाको बुधबार राति दोस्रो पटक डायलासिस गरिएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । “अरु सबैको डायलासिस सकिएपछि उहाँहरुलाई छुट्टै राखेर डायलासिस गराइएको छ”, पण्डितले भने ।
कोरोना संक्रमित दुवै पुरुषको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुको हाल दमौली अस्पतालको कोभिड कक्षमा उपचार भइरहेको छ । केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ मंसिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ ।
पीसीआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने तयारी
कोरोना संक्रमणको जोखिम बढ्दै गएको र पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाइ भएपछि तनहुँका सबै पालिकाको सहभागितामा प्रयोगशाला स्थापनाको तयारी थालिएको छ । स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउने गरिएकामा रिपोर्ट आउनै ढिलाइ हुन थालेपछि जिल्लाका १० वटै पालिकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका हुन् ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको अन्तरपालिका समन्वय बैठकले व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य कार्यालयको भवनमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । त्यसका लागि सम्बन्धित निकायमा अनुमति माग गर्ने र आवश्यक व्यवस्थापनको नेतृत्व व्यास नगरपालिकाले लिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उक्त प्रयोगशालामा रोटरी क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२९२ बाट प्राप्त मेसिनको समेत प्रयोग गरिने भएको छ । गत वर्ष असोजमा क्लबले नगरपालिकालाई एक थान पोर्टेबल मेसिन हस्तान्तरण गरेको थियो तर कोरोनाको जोखिम कम हुँदै गएको र पोखराबाट रिपोर्ट तत्कालै आउन थालेपछि उक्त मेसिन प्रयोग गरिएको थिएन ।
तनहुँका १० वटै पालिकाको सहभागितामा गत वर्ष जिपी कोइराला श्वासप्रश्वास उपचार केन्दमा आइसोलेशन भवन निर्माण सम्पन्न भएको थियो । पिसिआर परीक्षण प्रयोगशालाका लागि सहयोग गर्न इच्छुक निजी क्षेत्र, वैदेशिक रोजगारमा रहनुभएका दाजुभाइ दिदीबहिनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आग्रह गरिएको छ ।
“कोभिडसँग लक्षण मिल्दाजुल्दा बिरामी पिसिआर परीक्षणको दायरामा नआउने, आउँदा ढिलो आउने गरेको अवस्था छ,” प्रवक्ता श्रेष्ठले भने, “त्यसपछि स्वाब सङ्कलन गरेर पठाउँदा कम्तीमा रिपोर्ट आउन एक हप्ता लागेको स्थिति छ । यसले गर्दा सङ्क्रमितको पहिचान र उपचार प्रक्रियामा कठिन भयो ।”
बैठकले अक्सिजनको अभाव महसुस भएको अवस्थामा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएकामा धन्यवाद दिएको छ । साथै यस प्रक्रियामा स्थानीय पालिकाहरुले समेत सहयोग प्रदान गर्ने भएका छन् । हरेक पालिकाले आ–आफ्नो क्षमता, सामाजिक सङ्घ संस्था, निजी क्षेत्रसमेतको सहभागितामा स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्ट राख्न पहल गर्ने निर्णय बैठकले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार