ओलाङचुङगोला र याङ्मामा प्रवेश निषेध
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार २३:३८:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/tiptal-naka_EOXo6oEVY8.gif)
६ जेठ,ताप्लेजुङ । जिल्लाका दुई हिमालीबस्ती ओलाङचुङगोला र याङ्मामा अन्यत्रबाट आवात जावज गर्न तथा प्रवेशमा समेत पूर्ण निषेध गरिएको छ । फक्ताङलुङ गाउँपालिका ७ मा पर्ने ती बस्तीमा यही जेठ ७ गतेदेखि १५ गतेसम्म प्रवेशमा रोक लगाइएको वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए ।
उनले कोरोना संक्रमण दिनानुदिन वृद्धि भएका अवस्थामा अहिलेसम्म सुरक्षित रहेका ती बस्तिमा मानिसको आवतजावत रोक्ने निर्णय भएको बताए । निषेधको खबर गाउँबस्तिमा गरिएको छ । स्थानीयवासीलाई बाहिरी मानिस नराख्न र स्वास्थ्यका मापदण्ड अपनाउन गाउँपालिकाले आह्वान गरेको छ ।
ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरी दुई दिन लाग्छ भने याङ्मा तीन दिन लाग्छ । ओलाङचुङगोलामा ५३ घरपरिवार रहेकाछन् भने याङ्मामा ११ परिवारको बसोबास छ । धनाबस्ति भएकाले एक जना मात्रै संक्रमित भए पुरै बस्ती उच्च जोखिममा पर्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिइएको बताइएको छ ।
‘यसैबीच बजार क्षेत्रमा सीमित संक्रमण गाउँघरमा फैलिन थालेपछि बुधबार मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका नागरिक भेला भएर रोकथाम र नियन्त्रणमा जुटेका छन् । भेलाले ‘कोभिड नियन्त्रण समूह’समेत गठन गरी गाउँघरमा भिडभाडजन्य गतिविधि नगर्न, स्वास्थ्य सुरक्षा अपनाउन सर्वसाधरणलाई अनुरोध समेत गरेको छ ।
साथै गाउँमा बजार क्षेत्रबाट आउने जाने मानिस र सवारी साधनको समेत निगरानी राख्न शुरुआत समेत गरिएका छन् । केही दिन अघि सिरिजंघा गाउँपालिका–७ खेवाङका नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवि लगायत भेला भएर गाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने, अन्यत्रबाट सवारी साधनलाई आउन रोक लगाउने लगायतका निर्णय गरिएको थियो । अहिले सो क्षेत्रमा जमघट नै हुन छाडेको छ ।
जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका सहित आसपासका क्षेत्रमा दुई साता अघिदेखि निषेधाज्ञा लागू गरेको छ । जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ४ सय २५ रहेको छ भने संक्रमणबाट सात जनाले ज्यान गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
विराटनगर महानगरको बजेट साढे तीन अर्ब
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने ?
असार १२, २०८१ बुधबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार