बन्दाबन्दीले कुखुरा व्यवसायी मारमा
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार १७:२७:३६
८ जेठ,ताप्लेजुङ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि भएको निषेधाज्ञाले यहाँका कुखुरा व्यवसायी मारमा परेका छन् । लामो समयदेखिको बन्दाबन्दीका कारण बिक्रीका लागि तयारी अवस्थाका कुखुरा बिक्री नहुँदा व्यवसायीलाई नोक्सानी भएको छ । बजार पसल बन्द भएसँगै कुखुराको व्यापार पनि ठप्पजस्तै बनेको छ ।
“कम्तीमा एक महिनादेखि तीन महिनासम्मका ७०० कुखुरा फार्ममा छन्, निषेधाज्ञा खुल्ने अत्तोपत्तो छैन, तीन महिनापछि कुखुरा हुर्किँदैनन्, दानापानीमा ठूलो खर्च आउँछ, समस्या आइलाग्यो”, फुङलिङ नगरपालिका–१ का कुखुरा व्यवसायी लक्ष्मी मादेनले भने । उनका अनुसार अहिले कुखुरालाई खुवाउने दानासमेत महङ्गो भएको छ । कुखुरा नबिकेपछि दानापानी, औषधिमा लाग्ने खर्चको समेत अभाव हुन थालेको उनले बताए ।
यता फुङलिङ नगरपालिकाकै इन्द्र सुनुवारको फार्ममा समेत करिब ६०० कुखुरा हुर्केर बिक्रीका लागि तयारी छन् । तर कहिले बिक्री हुने भन्नेमा अन्योल छ । दिनानुदिन संक्रमण बढिरहेकाले बन्दाबन्दी थपिने र बिक्री नहुने सुनुवारलाई चिन्ता छ । व्यवसायीबाट बाँकीमा ल्याएको औषधि तथा दानाको पैसा बुझाउनसमेत नसकिएकाले समस्या थपिएको उनले बताए ।
लामो समयसम्म कुखुरा बिक्री नहुँदा उनीरुलाई मात्रै नभई जिल्लाभरका व्यवसायीलाई उस्तै समस्या छ । कुखुरा हुर्किने समय कटेपछि दानापानीमा धेरै खर्च हुने र कतिपय मर्ने भएकाले समेत ठूलो घाटा हुने गरेको व्यवसायी बताउँछन् । तीन महिना पुगेपछि तौल नबढ्ने तर दानापानीमा चाहिँ ठूलो खर्च आइरहने हुँदा मारमा परेको व्यवसायीको भनाइ छ ।
ताप्लेजुङमा १२२ किसान कुखुरा व्यवसायी सङ्घमा आबद्ध छन् । उनीहरुमध्ये आधाजसोले ठूलो लगानीमा फार्म खोलेर व्यवसाय गरिरहेका छन् । यहाँ उत्पादित कुखुरा स्थानीय बजारमै खपत हुने गरेको छ । तर तीन सातादेखि फुङलिङमा लागेको निषेधाज्ञाले पूरै बजार पसल ठप्प छन् । अन्यत्र पठाउने पनि ठाउँ नहुँदा खर्च बढाउँदै बस्न बाध्य भएको व्यवसायीले बताए ।
यता औषधि र दानाको व्यापार व्यवसाय चलाउँदै आएका व्यवसायीलाई समेत समस्या छ । कुखुरापालकबाट समयमा नै पैसा उठ्न नसक्दा दैनिकजसो आयात गर्न कठिनाइ भएको हो । “लगानी गरेर व्यावसायिकरूपमा फार्म सञ्चालन गर्नेलाई बाँकी दिनैपर्छ, उनीहरुले कुखुरा हुर्काएर बिक्रीपछि ल्याउने गर्छन्, तर यसपटक बन्दाबन्दीले कुखुरा नबिक्दा उनीहरुले पनि ल्याउन सकिरहेका छैनन्, तर दैनिकजसो ठूलो मात्रामा दाना, औषधि भने उपलब्ध गराउनुपर्ने बाध्यता छ”, इरोयान एग्रोभेटका सञ्चालक नरेन्द्र मादेनले भने । मादेन आफैँ कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्षसमेत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार