संक्रमितको उपचारमा यसरी खटिन्छन् स्वास्थ्यकर्मी
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार २०:५३:५२
८ जेठ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा. सागरराज भण्डारीको कोभिड–१९ को संक्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । संक्रमणको दोस्रो लहर फैलिएसँगै न उनले समयमा सुत्न पाएका छैनन, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहेका डा. राजभण्डारीलाई संक्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र २५ इमेल आउने गर्दछन् ।
“पहिले म ९ः०० बजे नै सुत्ने मान्छे, अहिले राति १२ः०० बजेसम्म बिरामीको फोन उठाउनमै बित्ने गर्दछ, अनिमात्र सुत्ने गर्दछु”, उनले भने, “धेरै फोन होम क्यारेन्टिन र आइसोलेशनमा बसेका संक्रमितले कुन औषधि खाने, के गर्ने भनेर सोध्ने गर्दछन् ।” उनलाई नेपाल मात्र नभएर विदेशमा रहेका नेपाली संक्रमितले पनि उपचारका लागि सामाजिक सञ्जालबाट सोध्ने गरेका छन् । त्यसको पनि उपचार पद्धति उनले सिकाउछन । बिहान ९ः०० बजे नै अस्पताल पुगेपछि पुनः त्यहाँका बिरामीको उपचारमा उनी केन्द्रित छन। उनले बिरामी अवस्थादेखि चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीबारे जानकारी लिनुहन्छ ।
उनी बिरामीको उपचारको व्यवस्थापनका लागि आफ्नो कार्यकक्षमा नबसेको धेरै भइसक्यो । “घरबाट आएपछि बिरामीको उपचारदेखि चिकित्सक सबैको समन्वय गर्नुपर्दछ”, उनले भने, “त्यसैले म आफ्नो कार्यकक्षमा बस्न भ्याउँदिन, म कार्यकक्षभन्दा पनि संक्रमितको उपचार गर्नमा केन्द्रित हुन्छु ।” उनले कोरोना भाइरसको उपचारजस्तै २०५६ सालमा जनयुद्धका बेला भएका घाइते र भूकम्पमा घाइतेको उपचार पनि गरेका थिए ।
“मैले त्यतिबेला सल्यानमा जाँदा बम पड्किएर घाइते भएकाको पनि उपचार गरे, अनि भूकम्पको महामारी पनि त्यस्तै घाइतेको उपचार गरेँ”, उनले भने, “मलाई विपद्को बेला सर्वसाधारणलाई उपचार गर्न अवसरका रुपमा पाएको छु, अहिले पनि महामारीका यस्तै सर्वसधारणको उपचार गरेका छु, म यस्तो बेला सर्वसाधारणको उपचार गर्न पाउँदा आनन्दित हुन्छु ।”
यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको अग्रपङ्क्तिमा संक्रमितको उपचारमा संलग्न डा. प्रवीन नेपाल पनि दिनभरि उपचारमा व्यस्त छन । उनी बिहान ८ः०० बजे अस्पताल आएर आवश्यकताअनुसार राति ११ः०० बजेसम्म बिरामीको उपचारमा खटिन्छन। उनको दैनिकी कसरी बिरामीको उपचार राम्रो गरेर घर फर्काउने रहेको हुन्छ । उपचारका सिलसिलामा उनले कहिले त घरै जान पाउदैनन । “घर जाने त थाहै हुँदैन, बिरामीको हेर्दाहेर्दै ढिला भए कहिले यतै अस्पतालमा बस्छु”, उनले भने, “सधैँ घर जान पाइँदैन ।”
उनलाई संक्रमित बिरामी राख्नका लागि दैनिक ४०० भन्दा बढी फोन आउने गर्दछन् । उनले मोबाइलमा बज्ने घण्टी कति त फर्काउनु नै भ्याउदैनन । फोन गर्ने व्यक्तिले उनलाई पहिलो प्रश्न नै श्यया, आइसियु र भेन्टिलेटर छ भनेर सोध्ने गर्दछन् । “दैनिक आउने फोन श्ययाका लागि हुन्छ, भरसक मोबाइलमा बज्ने फोनको रेम्पोन्स गर्नुहुन्छ”, उनले भने, “तर हामी अस्पतालमा श्यया भएपछि तुरुन्तै बिरामीलाई बोलाउँछौँ, नभएर नाम र ठेगाना टिपेर जतिबेला श्यया खाली हुन्छ, त्यतिबेला खबर गरेर बोलाउँछौँ ।”
संक्रमण दोस्रो लहरको फैलिएपछि गम्भीर प्रकृतिका बिरामी बढेका र संक्रमणका कारणले युवाको निधन भएपछि आफूलाई पनि नराम्रो हुने गरेको उनको भनाइ छ । अहिले अस्पतालमा आइसियु र भेन्टिलेटर कम भएकाले बिरामीले सामान्य श्ययामा राखेर उपचार गर्नु परेको उनी बताउछन । “आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई आइसियु र भेन्टिलेटर दिन सकिने भन्ने पीडा हुन्छ”, उनले भने, “बिरामीलाई अहिले पैसा भएर पनि आइसियु र भेन्टिलेटर पाइएन जस्ता समस्या रहेका छन् ।”
उनका अनुसार पहिले एकजना नर्सले १० बिरामी र अहिले गम्भीर प्रकारका बिरामी हुनाले एकजनाले तीनजना मात्र बिरामी हेर्न सक्ने गर्दछन् । “अहिले भएको अक्सिजन एक छिनमा सकिन्छ, फेरि ल्याउनु पर्दछ, कति बाँकी छ कति जनालाई पुग्छ भन्ने र कति खेर अक्सिजन आइपुग्छ भन्ने चिन्ता हुन्छ”, उनले भने, “बिहानको बिरामीलाई अक्सिजन चाहिए पनि कहिलेकाही साँझ मात्र पाइने गरेको छ ।” उनले पहिले र अहिले बिरामीको उपचार गर्नमा कुनै फरक नभएको बताए । “पहिले एप्रोन लगाएर बिरामीको उपचार गरिन्थ्यो भने अहिले पीपीई लगाएर गरिन्छ, मलाई खासै फरक भएको छैन”, उनले भने ।
यसैगरी वीर अस्पतालमा संक्रमितको अग्रपङ्क्तिमा काम गरिरहेका डा अशेष ढुङ्गाना पनि बिहान ९ः०० बजे अस्पतालमा आएदेखि साँझ ६ः०० बजेसम्म निरन्तर बिरामीलाई प्रत्यक्ष भेटेर स्वास्थ्य अवस्थाबारे आइसोलेशन, आइसियु, भेन्टिलेटरमा गएर जानकारी लिन्छन । उनी बिरामीलाई अक्सिजन, औषधि, उपचारदेखि कोभिड–१९ मा अग्रपङ्क्तिमा खटिने चिकित्सकका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जुटाउनका लागि खटिन्छन ।
अस्पतालको कोभिड–१९ व्यवस्थापनका संयोजकसमेत रहेका डा ढुङ्गानाले अस्पतालमा कति बिरामीलाई चाहिएको बेला आइसियु र भेन्टिलेटर दिन नसक्दा आफूलाई पीडा लाग्ने गरेको बताए। उनी अहिले धेरै जसो बिरामी गम्भीर प्रकृतिका रहेकाले सबैलाई अक्सिजन चाहिने गरेको बताउछन । “साधारण श्ययामा पनि सिकिस्तै भएका बिरामी छन्, ती बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिएको हुन्छ”, उनले भने, “तर हामीसँग भएका सीमित आइसियु र भेन्टिलेटरमा ती बिरामीलाई राख्न सकिरहेका छैनौँ, सबभन्दा ठूलो चुनौती श्यया बिरामीका लागि उपलब्ध गराउन सकिँदैन ।”
वीरमा नौ र राष्ट्रिय ट्रमा सेन्टरमा १० आइसियु रहेका छन् । अस्पतालमा विगत दुई हप्तामा संक्रमितका १० बाट १६० बिरामी पुगेका छन् । उनका अनुसार सीमित श्यया रहेकाले कतिपय बिरामी इमरजेन्सीमा आए पनि श्यया नपाएर अक्सिजन लगाएर त्यतिकै पर्खिरहेका हुन्छन् । बिहानदेखि रातिसम्म उनको मोबाइलको घण्टी बजिरहन्छ । धेरैजसो श्यया र अस्पतालमा बिरामी भर्ना गर्नका लागि उनलाई बिरामीका आफन्तले फोन गर्छन । “धेरैजसो अस्पतालमा श्यया र आइसियुका लागि फोन गर्नुहुन्छ”, उनले भने, “अस्पतालमा खाली भएको अवस्थामा त्यस्ता फोन गर्ने बिरामीलाई सकभर श्यया र आइसियु उपलब्ध गराउँछौँ, कतिको त फोन नै उठाउन भ्याइँदैन ।”
डा ढुङ्गानाले पहिले जस्तो अहिले भने संक्रमित बिरामीको उपचार गर्नका लागि स्वास्थ्यकर्मीले डर नमानेको बताए। सबै स्वास्थ्यकर्मीले खोप लगाएको र संक्रमितको उपचार गर्दा गर्दै सिकेर कुनै सङ्कोच विना नै जस्तासुकै बिरामीको उपचारमा अहिले स्वास्थ्यकर्मी खटिने गरेको उनी बताउछन । “पहिले रोगको उपचार गर्ने पद्धतिमा नै शङ्का थियो”, उनी भन्छन, “तर अहिले संक्रमितको उपचार गर्न हामीलाई सामान्य नै लागिसकेको छ ।”
नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत नर्सिङ अधिकृत ईश्वरी केसी दोस्रो लहर आएसँगै संक्रमितको उपचारमा गर्दागर्दै आफै पनि संक्रमित भए । संक्रमणमुक्त भएपछि उनी निरन्तर संक्रमितको उपचारमा खटिरहेका छन् । “अहिले पनि अस्पताल प्रशासनले बोलाएपछि जतिबेला पनि बिरामीको उपचारका लागि जानुपर्दछ”, उनले भने, “हाम्रो ड्युटीको समय नै छैन, बिरामीलाई केही समस्या प¥यो भने कुदिहाल्नुपर्दछ ।”
नर्सिङ अधिकृत केसी वैशाखको पहिलो हप्ता अस्पतालमा संक्रमित बढेको अवस्थामा अक्सिजन र श्यया अभावमा उपचारमा समस्या भएको पनि अहिले अक्जिसनको उपलब्धतासँगै बिरामीको उपचार गर्न सजिलो भएको बताउछन । उनी शुरुशुरुमा संक्रमितको उपचार गर्न डर लागे पनि पछि आफूलाई पनि संक्रमण भएपछि उपचारमा डर नलागेको बताउछन । नेपालमा अहिले चार लाख ९७ हजार ५२ र छ हजार २४ को संक्रमणबाट निधन भइसकेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार