नेपाललाई कोराना मुक्त बनाउने अभियानमा जगतगुरु सिद्धबाबा
नेपालबहस संवाददाता
जेठ ८, २०७८ आइतबार ०:१३:३७
८ जेठ, सुनसरी । कोरोना संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको अबस्थामा यसको नियन्त्रण, रोकथाम र उपचारका लागि हिमालयन सिद्ध महायोगको माध्यमबाट सुनसरीको चतरामा विशेष अनुष्ठान गरिने भएको छ ।
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, भक्तपुर तथा जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा आगामी जेठ १२ गतेदेखि १५ दिने विशेष अनुष्ठानको आयोजना हुन लागेको हो ।
विभिन्न सामाजिक सञ्जाल फेसबुक, युट्युव लगायत केही सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गराई भर्चुअल माध्यमबाट आयोजना हुने अनुष्ठान अन्तरगत लाखौ सर्वसाधारणलाई सहभागी गराई कोरोनाको नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक सात्विक दिनचर्या र भोजन, योगचार्य, आयुर्वेदिक उपचार पद्धति लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको शनिबार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
विशेष अनुष्ठान कार्यक्रम अन्तरगत प्राचीन हरिद्धारको रुपमा रहेको चतराधामस्थित रामानान्दाचार्य पीठको केन्द्रीय कार्यालयबाट प्रत्येक दिन विहान ५ बजेदेखि दुई घण्टासम्म जगतगुरु रामानान्दाचार्य महायोगी सिद्धबाबाले आफुसँग भएको योग, आयुर्वेदिक, आध्यात्मिक लगायतका क्षेत्रको ज्ञान, दक्षता र अनुभवलाई प्रत्यक्ष वैज्ञानिक अवधारणाबाट पुष्टि हुने गरी प्रशिक्षण दिने बताइएको छ ।
पत्रकार सम्मेलनमा जगतगुरु सिद्धबाबाले स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने, रोगी व्यक्तिको रोग निर्मुल पार्ने तथा वर्तमान अवस्थामा कोरोना महामारीबाट आमसर्वसाधारणको जीवन रक्षा गर्ने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको बताए । मानव जीवनका लागि स्वस्थ रहनका लागि ऋतु अनुसार आवश्यक पर्ने दिनचर्या, भोजनचर्या, योगचर्या र संयमित तथा सदाचारयुक्त आचरण लगायतका विषयलाई अत्यन्तै वैज्ञानिक अवधारणाबाट जोडेर आयोजना हुने अनुष्ठान अन्तरगतको प्रशिक्षण कार्यक्रमबाट सबै जातजाति, धर्म संप्रदायले लाभ लिनसक्ने उनले उल्लेख गरे ।
“कोराना संक्रमणकालीन यो जटिलताबाट प्रताडित बनिरहेको हाम्रो समाजलाई हिमालयन सिद्ध महायोगको माध्यमबाट गरिने विशेष अनुष्ठान र त्यस अन्तरगतको प्रशिक्षण कार्यक्रमले आवश्यक राहत दिने कुरामा हामी विश्वस्त छौं । ”, जगतगुरु सिद्धबाबाको भनाई छ । पारस्परिक वैदिक आयुर्वेदिक पद्धिति समेत अनुसरण गरी सञ्चालन हुने १५ दिने अनुष्ठानमा सबै नेपालीहरु दत्तचित्त भएर सहभागी हुन सके मुलुकबाट कोरोना परास्त गर्न सकिने जगतगुरु महायोगी सिद्धबाबाले विश्वास व्यक्त गरे ।
कारोना महामारीबाट मुलुक आक्रान्त बनिरहेको र यस दुखद घडीमा आवश्यक औषधि, खोप, अक्सिजन लगायत स्वास्थ्य उपकरणको चरम अभाव भइरहेको अवस्थामा आवश्यक सहयोग गर्न स्वास्थ्य मन्त्रलायले समेत गरेको आह्वानलाई दृष्टिगत गरी मुलुकलाई परेको यो विपत्तिको समयलाई आवश्यक कर्तव्य निर्वाह गर्ने गरी विशेष अनुष्ठानको नाममा प्रशिक्षण कार्यक्रम आयोजनाको निर्णय भएको पीठका अध्यक्ष गणेश सुब्बा विरहीले जानकारी दिए ।
सो पत्रकार सम्मेलनमा पीठका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारी , उपाध्यक्ष विश्वप्रकाश पण्डित , शिवराज पौडेल लगायतले अभियानका सन्दर्भमा आआफनो धारणा व्यक्त गरेका थिए ।
स्मरण रहोस्, जगतगुरु रामानान्दचार्य सेवा पीठले विगत दश महिना अघि चतरास्थित पीठको भवनलाई १ नम्बर प्रदेश सरकारसँगको समन्वयमा होल्डिगं एरिया , आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गरेर करिब बीस हजार सर्वसाधारणलाई सेवा प्रदान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार