बाँध मर्मत शुरु भएपछि रौतहटवासी खुशी
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १६:३१:४६
९ जेठ,वीरगञ्ज । रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम शुरु गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पु¥याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम शुरु गरिएको हो ।
वाग्मती–लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरका अनुसार अर्थमन्त्रालयले बाँध मर्मतसम्भार गर्न रकम निकासा नगरे पनि सोको काम शुरु गरिएको छ । अहिले भत्किएको ठाउँमा माटो भर्ने र ढुङ्गा, जाली राख्ने काम भइरहेको कार्यालयका प्रमुख अकलाख अहमद सिद्धिकीले बताए ।
सो कार्यअन्तर्गत वाग्मती नदीको देब्रेतर्फ चार ठाउँमा र दायाँतिर १० ठाउँमा तथा लालबकैया नदीको देब्रेतर्फ सात र दायाँतर्फ आठ स्थानमा मर्मतसम्भार भइरहेको बताइएको छ । बाँध मर्मतसम्भार गर्न अर्थ मन्त्रालयले रु दुई करोड दिने भनिएकाले धमाधम बाँध मर्मत शुरु गरिएको बताइएको छ । प्रत्येक वर्ष वर्षा र बाढीले सो बाँध भत्किने गरेकाले उक्त भत्किएको ठाउँमा पूर्णरूपमा काम गर्न रु ४१ करोड ३४ लाख खर्च हुने अनुमान गरिएको छ ।
झण्डै ३३।५ किलोमिटर लम्बाइ रहेको सो बाँध भारत सरकारले सन् १९८९ मा निर्माण गरिदिएको थियो । यही बाँध ठाउँठाउँमा भत्किँदा पानी पसेर गाउँमा डुबान हुने गरेको छ । गत जेठमा नदी नियन्त्रण कार्यालयले ५० स्थानमा मर्मत गरेको थियो । पछि फेरि बाढीले २९ स्थानमा सो बाँध भत्किएको थियो । पानी पसेर रौतहट जिल्लाको गङ्गापिप्रा, राजदेवी, इशनाथ नगरपालिकालगायत धेरैजसो गाउँ डुबानमा परेका थिए ।
यता लालबकैया नदीले इशनाथलगायत उत्तरी भेगका गाउँ र वाग्मतीले गौर, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिकालगायत स्थानमा सबैभन्दा बढी क्षति पु¥याउँदै आएको छ । वाग्मतीदेखि पश्चिमको धरमपुरबाट सीमा क्षेत्रको १७ किलोमिटर बाँध समस्याग्रस्त रहेको छ । विसं २०५० मा सो नदीमा बाढी आएपछि रौतहटवासी डुबानमा परी धनजनको क्षति भएको थियो । सरकारले वर्षाअगावै भत्केका बाँध मर्मतसम्भार गर्नुपर्ने माग सो क्षेत्रका बासिन्दाको रहेको छ ।
अघिल्लो वर्ष लालबकैया नदीको सीमा क्षेत्र टिकुलियामा भत्किएको बाँध भारतीय पक्षले मर्मतसम्भार गर्न दिएको थिएन । ढिलै भए पनि सो नदीमा भत्किएको बाँध मर्मतसम्भार हुन थालेपछि त्यस भेगका जनताले वर्षायाममा आफूहरु सुरक्षित रहने विश्वास व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार