‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेशन’ स्थापना गरिने
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २१:०:०
९ जेठ,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपा (एमाले) का नेता स्व पशुपति चौलागाईंको स्मृतिमा ‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेशन’ स्थापना गरिने बताएका छन् ।
वाग्मती प्रदेशका प्रदेशसभा सदस्य स्व चौलागाईंको १३औँ दिनको पुण्यतिथिमा जिल्ला कमिटी दोलखाद्वारा भर्चुअल माध्यमबाट आज आयोजित स्मृति सभामा सरकारका प्रवक्ता गुरुङले स्व चौलागाईंले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपनालाई पूरा गर्न फाउन्डेशनमार्फत सहयोग पुग्ने अपेक्षा गरे ।
उनले भने, “उनको योगदानको सधैँ संरक्षण गर्नुपर्ने दायित्वप्रति सधैँ समर्पित रहने छु, त्यसका लागि उनको नाममा परिवारका साथ सहयोगबाट प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने मेरो सोच छ ।” प्रतिष्ठान परोपकारी संस्थाका रुपमा सञ्चालन हुने र त्यसमा आफूले हरसम्भव सहयोग गर्ने उनको प्रतिबद्धता छ ।
मन्त्री गुरुङले दोलखाको माटोमा जीवनको पहिलो पाइला टेकेर राजनीतिक चेतनासँगै कम्युनिष्ट आन्दोलनमा समाहित भई स्व चौलागाईं आन्दोलनको नेताकै हैसियतामा निधन भएको स्मरण गर्दै उहाँले दोलखा र सिङ्गो मुलुकप्रति गरेको योगदान सधैँ जीवित रहने बताए ।
मनमोहन मेमोरियल अस्पतालमा उपचाररत चौलागाईंको गत वैशाख २८ गते मङ्गलबार राति कोरोना भाइरसका कारण निधन भएको हो । दोलखा प्रदेशसभा ९ख० बाट निर्वाचित भएका चौलागाईं यसअघि प्रतिनिधिसभा सांसदसमेत थिए । चौलागाईं युवा सङ्घका पूर्वअध्यक्ष र पछि पार्टीको वाग्मती अञ्चल कमिटीको इन्चार्जसमेत बनेका थिए । चौलागाईंका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् ।
मन्त्री गुरुङले भने, “स्व चौलागाईंले बनाएको आस्थाको धरोहर, राजनीतिक छवि, असल राजनीतिक संस्कार कहिल्यै मर्ने छैन र एकजना अनुयायीको नाताले मर्न दिने छैनौँ ।” उनले नेपाल कम्युनिष्ट पार्टी स्थापनापश्चात् दोलखामा कम्युनिष्टको बीउ रोप्ने बेलादेखि मुलुकमा पटकपटक भएका परिवर्तनका आन्दोलनमा स्व चौलागाईंले पु¥याएको योगदानको चर्चा गरे ।
एमाले नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले स्व चौलागाईंले दोलखा र समग्र नेपालको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै उनका सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए । एमालेका नेता लालकुमार केसीले नेता चौलागाईंको निधनले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको बताए । एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले स्व चौलागाईंका प्राप्त गरेका उपलब्धिलाई प्रतिष्ठानमार्फत संस्थागत गरिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार