निषेधाज्ञा उल्लङ्घन गर्ने ५०४ सवारी कारबाहीमा
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २१:३०:५५
९ जेठ,सिन्धुली । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने भए पनि निषेधाज्ञा उल्लङ्घन गर्नेको सङ्ख्या भने बढ्दो छ ।
निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, डेरी, फलफूल बाहेकका सबै पसल बन्द गर्ने, अत्यावश्यक बाहेकका सबै सवारी चल्न नपाउने निर्णय प्रशासनले गरे पनि दैनिक रूपमा निषेधाज्ञा उल्लङ्घन गर्ने बढेपछि उनीहरूलाई कारबाही गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार निषेधाज्ञाको उल्लङ्घन गर्ने ५०४ सवारी कारबाहीमा परेका छन् । “विभिन्न बहाना बनाई सवारीमा अनावश्यक रूपमा हिँड्डुल गर्ने सवारी नियन्त्रणमा लिई पहिलो पटक सम्झाईबुझाई ट्राफिक नियमअनुसार जरिवाना गरेर छाडेका छौं”, उनले भने ।
हालसम्म जिल्लाका विभिन्न ठाउँबाट निषेधाज्ञा अवज्ञा गरी चलाउने चारपाङ्ग्रे सवारी साधन ७६ र मोटरसाइकल ४२८ कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।
निषेधाज्ञा उल्लङ्घन गर्नेमध्ये १७ अटो र ६३ मोटरसाइकलका कागजात नभएकाले ट्राफिक नियमअनुसार कारबाही गरिएको उनको भनाइ छ । यस अवधिमा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्डुल गर्ने, सार्वजनिक स्थानमा हिँड्डुल गर्दा मास्क नलगाउने ४९२ जनालाई समेत होल्ड गरी सम्झाईबुझाई छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस अवधिमा पसल, होटेल सञ्चालन गर्ने १३ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको पनि उनले जानकारी दिए । जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ९३५ पुगेको छ । सोमध्ये १३३ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनाका कारण दोस्रो लहरमा १३ जनाले ज्यान गुमाउनु परेको छ । संक्रमितमध्ये ७७६ होम आइसोलेशनमा रहेका छन् भने २८ जना संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार