एक डाक्टरसहित चार स्वास्थ्यकर्मी सातवटै गाउँपालिकामा
नेपालबहस संवाददाता
जेठ ९, २०७८ सोमबार २:१०:३६
९ जेठ, हुम्ला । कोभिडको जाँच गर्नका लागि एक डाक्टरसहित चार स्वास्थ्यकर्मी हुम्लाका सातवटै गाउँपालिकामा खटाइएको छ । दक्षिणी र उत्तरी भेगहरुमा घरदैलोमा गई स्थानीयवासीको स्वास्थ्य परीक्षण तथा उपचारको प्रबन्ध मिलाइएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण जिल्लामा बढिरहेकाले घरघरमै पुगी उपचारको व्यवस्था गर्नु परेको स्वास्थ्य सेवा विकास कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । प्रमुख सिंहका अनुसार थप टोली जेठ १० गते कर्णाली प्रदेशबाट स्वास्थ्यकर्मीको टोली आउने भएको छ ।
स्थानीय वासिन्दा एक पालिकाबाट अर्को पालिकामा आवतजावत गर्ने भएकाले जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सकसहितको टोली खटाइएको स्वास्थ्य सेवा विकास कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । कोभिड १९ का कारण जिल्ला प्रशासन कार्यालयबाट दोस्रोपटक यही जेठ ४ गतेदेखि १५ गतेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको बैठकले सिमिकोट सदरमुकामका व्यापारीलाई दैनिक उपभोग्य सामानहरु बिहान १० बजेसम्म विक्री वितरण गर्ने निर्णय भएको थियो ।
यसैबीच दक्षिणी भेगमा पर्ने ताँजाकोट गाउँपालिका३ मा यही जेठ ५ गतेदेखि ८ गतेसम्म लगातार वर्षा हुँदा आएको पहिरोले पुरेर स्थानीयवासी मानबहादुर शाही र कलबहादुर शाहीको १६ वटा भेडा, बाख्राको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कात्तिक ११, २०८१ आइतबार
कर्णालीका ४८ स्थानीय तहमा कहिले बन्छ आधारभूत अस्पताल ?
कात्तिक ६, २०८१ मंगलबार
कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार