संवैधानिक ‘कू’ का बिरुद्धमा अदालत र आन्दोलन सँगै अगाडि बढाउछौं : डा. शेखर
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १९:४७:५७
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपालको वर्तमान राजनीतिक घटनाक्रमका बारेमा आफ्नो कडा प्रतिक्रिया जनाएका छन् ।
राजनीतिलाई समाजसेवाको रुपमा हेर्ने डा. शेखरले वर्तमान राजनीतिमा देखिएको भ्रष्ट प्रबृत्ति र व्यक्तिवादी चरित्र हाबि हुदै गएकोमा चिन्तित पनि देखिएका छन् ।
हिजो भन्दा अगाडि देखिनै जुन राजनीतिक घटनाक्रमहरु एकपछि अर्को गर्दै घटिरहेका थिए त्यसले पनि संसद बिघटनको दोश्रो सस्करण आउनसक्ने अनुमान सबैले गरिरहेकै थिए । जुन कुराको फाईनल रुप ओलीले पुनः संसद बिघटन गरेर देखाईदिएको उनले बताएका छन् ।
उनले ओलीको कदमलाई देशकै निम्ति अत्यन्तै दुखदायी घटना भएको बताएका छन् । बिगतका राजनैतिक घटनाक्रमहरुको स्मरण गर्दै उनले भनेका छन्, संयोगवश भनौं राजा ज्ञानेन्द्रले माघ १९ गतेको राजनैतिक ‘कू’ गर्दा शुक्रबारकै दिन परेको थियो र मध्यरातमै गरिएको थियो र अहिले राष्ट्रपतिजी र प्रधानमन्त्रीजीको मिलेमतोमा हुदै गरेको संवैंधानिक ‘कू’ पनि शुक्रबार नै अनि मध्यरातमै हुनुलाई शंयोगमात्रै भन्न नसकिने बताएका हुन् ।
राष्ट्रपतिलाई त हामी संविधानको संरक्षक समेत भनेर भन्छौ, देशकै एउटा सम्मानित संस्था पनि हो जसले गल्ती गर्दैन भनेर हामिहरु सोच्ने गर्दछौं भन्दै कांग्रेस नेता डा. शेखर भन्छन् उनले नै (राष्ट्रपतिले) संबिधानलाई धुजाधुजा पारिदिएको भन्दै उक्त कार्यको बिरोध जनाएका हुन् ।
डा. शेखरले अगाडि भनेका छन्, राष्ट्रपतिले संविधानलाई धुजाधुजा पारिदिएपछि प्रधानमन्त्रीले लोकतन्त्रलाई पनि धुजाधुजा पारिदिनुभो ।
लोकतन्त्र र गणतन्त्रलाई समाप्त पार्ने खेलमा राष्ट्रपतिजी र प्रधानमन्त्रीजी दुबै लाग्नु भएको छ भन्ने कुरामा अब दुई मत छैन ।
उनले नेपाली कांग्रेस यस विषयमा अत्यन्तै गम्भीर भएर अगाडि बढीरहेको बताएका छन् । यसका लागि नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको र अन्य प्रतिपक्षी दलहरुसँग पनि गहन छलफल भैरहेको बताएका छन् । अब सबै दलहरूको छलफल र सामुहिक निष्कर्षका आधारमा सबै अप्सनहरुलाई खुल्ला गरेर हामि अदालत पनि जान्छौं र राजनैतिक लडाई समेत लडने र अबको राजनैतिक लडाइँमा बृहद राजनैतिक एकताको खाँचो रहेको समेत बताएका छन् ।
संसदका १४९ सभासदहरुको हस्ताक्षर सहित कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको संवैधानिक प्रकृयामा राष्ट्रपतिबाट ठेस पुर्याएको प्रति आक्रोस व्यक्त गर्दै कोइरालाले यसका बिरुद्धमा शेरबहादुरजीलाई समर्थन गर्ने सबै पार्टीका नेताहरुसँग निरन्तर छलफलमा रहेको भन्दै आज सर्बोच्च अदालत जाने कार्यक्रम रहेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिले गरेको यो राजनैतिक कू अत्यन्तै गम्भीर बिषय हो र उहाँहरुले गर्नुभएको यो कदम कहिल्यै पनि क्षम्य हुन नसक्ने बताएका छन् ।
अब राजनैतिक आन्दोलनको विकल्प नरहेको भन्दै कोइरालाले बिगतको कांग्रेसको मौनतालाई भर्याङ्ग बनाएर प्रधानमन्त्री ओलीले सत्ता कब्जा गर्ने आफ्नो अभिष्ठ पुरा गर्ने दिवास्वप्ना देखिरहेको बताएका छन् । बिगतका ओलीका जुनसुकै गलत निर्णयका बिरुद्धमा कांग्रेस नेतृत्वले बिरोध नगर्दा ओलीमा आत्मबल बढेको र राष्ट्रपति जस्तो सम्मानित संस्थालाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा गराउने संयन्त्रको रुपमा मात्रै पटक पटक उपयोग गर्न खोजिएको प्रति चिन्ता समेत ब्यक्त गरेका छन् ।
जुन बिधि र पद्धतिका लागि नेपाली जनताले लामो समयसम्म आन्दोलन गरे त्यहि बिधि र पद्धतिका बिरुद्धमा लगातार प्रहार भैरहँदा नेपाली कांग्रेस चुप लागेर बस्न नसक्ने बताउँदै डा. शेखरले सिङ्गो मुलुक कोरोनाको महामारीको चपेटामा परेर नागरिकहरुलाई अत्यन्तै कठिन अवस्थामा बाँच्न बाध्य हुनु परिरहेको अवस्थामा सबै मिलेर महामारी बिरुद्ध लडनु पर्ने अवस्थामा बर्षौ बर्षसम्म ओलीजीका गैर लोकतान्त्रिक हर्कतहरुसँग लडनु लाजमर्दो अवस्था हो भन्दै अब दुबै महामारी बिरुद्ध एकैसाथ लडनु पर्ने बाध्यात्मक अवस्था आईपरेको प्रति दुःख समेत व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार