चाँगुनारायणमा परीक्षा नतिजा प्रकाशन गर्न निर्देशन
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १९:१२:३८
१२ जेठ,मध्यपुरथिमि । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई यही जेठ २२ गतेसम्म परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शैक्षिकसत्र २०७७ को विद्यार्थी मूल्यांकन एवं नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरी नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।
नगरपालिकाले कक्षा १ देखि कक्षा ७ र ९ को वार्षिक मूल्यांकन एवं नतिजा प्रकाशन गर्न तथा कक्षा ८ को नतिजा प्रकाशन गर्नका लागि विद्यार्थीको प्रयोगात्मक र सैद्धान्तिक अंक शिक्षा, युवा तथा खेलकूद शाखामा अनिवार्य रुपमा सो दिनसम्म बुझाउन निर्देशन दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए ।
वर्षको अन्तिम परीक्षा अनलाइन वा अफलाइन वा विद्यालयको अनुकूल वैकल्पिक विधिबाट सञ्चालन गर्न भनिएको छ । कोरोना भाइरसले निषेधाज्ञा भएका कारण नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयले अनलाइन तथा वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन सञ्चालन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार