देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ : नायिका ढुंगाना
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १९:३५:१८
फिल्म शुभलभका नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृ शोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोना संक्रमणका कारण उपचारको क्रममा सोमवार निधन भएको हो ।
करिब तीन सातादेखि रोगसँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो । कोरोनाले कीर्तिपुर निवासी हरिहरको पुरै परिवार संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।
सिनेकर्मी माझयुवा ज्योतिष हरिहर अधिकारीको राम्रै प्रभाव छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषिय सल्लाह लिने गर्छ। उनी आम ज्योतिष भन्दा फरक छन्। झट्ट् हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योतिषि हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सिनेकर्ममा होमिएका हुन्।
उनी शुभलभ नामक सिनेमाबाट नायकका रूपमा पर्दामा डेब्यू गरेका थिए । यसैबीच, सामाजिक सञ्जाल मार्फत नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गरेकी छिन् ।
उनले कलाकार हरिहर अधिकारीका पिताको निधनपछि मनको भावना व्यक्त गरेकी हुन् । करिब एक बर्षदेखि हरिहरको प्रेममा रहेकी नीताले लेखेकी छिन्–‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाविरुद्ध संसार लडिरहँदा मेरो देशले मलाई झन् लात हान्छ भन्ने कुराको आज आभाष भयो ।’
नीताले यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्नेहरु यहाँ कुर्सीका लागि लडिरहेको भन्दै आक्रोश पोखेकी छिन् । उनले, समयमा अस्पतालमा उपचार नपाएर आफूले नजिकको अग्रज गुमाएको समेत उल्लेख गरेकी छिन् । नीताले हरिहरका पिताले समयमै उपचार पाएको भए यो दुःखद क्षण नआउनेतर्फ संकेत गरेकी छिन् ।
उनले, समयमा नै आइसियूको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायूमा ज्यान गुमाउनु पर्दैन थियो होला भन्दै आफूलाई यो देशले रक्षा गर्न नसक्ने बताएकी छिन् ।
हरिहर अधिकारीका बुवाको उपचारका क्रममा निधन भएपछि नायीका ढुंगाना निकै भावुक भएकी छिन् । उनी हरिहरलाई दुखद अवस्थामा साथ दिन पशुपति क्षेत्रमा पनि पुगेकी थिइन् । स्वास्थ्य मापदण्ड अनुसार हरिहरको वुवाको अन्त्यष्टि गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार