शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेशन केन्द्र
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १५:५२:१३
१२ जेठ,काठमाडौं । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौँका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौँ महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा बुधबारदेखि आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।
शुरुमा १० शय्याको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरिए पनि यसै हप्तामा २० शय्याको आइसोलेशन केन्द्र निर्माण गरिने नेता जोशीले जानकारी दिए । “कोरोनाको लक्षण देखिएर घरमा बस्न समस्या पर्ने संक्रमितलाई लक्षित गरेर आइसोलेशन केन्द्र स्थापना गरेका हौँ”, उनले भने ।
उक्त आइसोलेशन केन्द्रमा चार नर्सले २४ सै घण्टा सेवा प्रदान गर्नेछन् । आइसोलेशन केन्द्रको व्यवस्थापन भने काठमाडौँ महानगरपालिका–२० का वडाअध्यक्ष राजेन्द्र मानन्धरको नेतृत्वमा हुनेछ । आइसोलेशनमा बस्ने बिरामीलाई निःशुल्क खाना, औषधि र चिकित्सकीय परामर्श दिने नेता जोशीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार