रसुवामा प्रभावकारी बन्दै दन्तसेवा
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १६:१७:१५
१३ जेठ,रसुवा । रसुवा अस्पतालले सञ्चालनमा ल्याएको दन्तसेवा प्रभावकारी बन्दै गएको छ । दाँत दुखाइको समस्या भोगिरहेका हिमाली क्षेत्रका ग्रामीण बासिन्दालाई स्थानीयस्तरमै उपचार सेवादिने उद्देश्यका साथ जिल्ला अस्पतालले दुई महिनाअगाडि शुरू गरेको दन्तसेवा रसुवाबासी माझ प्रभावकारी बन्न थालेको हो ।
गत फागुन ५ गतेदेखि शुरू भएको उक्त सेवा लिनका लागि दैनिक सरदर चार÷पाँच जना आउने गरेको र हालसम्म २०० भन्दा बढी स्थानीय बासिन्दाले दाँतको उपचार सेवा पाइसकेका छन् । दन्त चिकित्सक डा कबिन मुक्तानका अनुसार दाँत दुखाइको साथसाथै भाँच्चिएका र सिमेन्ट भर्नुपर्ने जस्ता समस्या भएका बिरामी बढीमात्रामा आउने गरेका छन् । खर्चको जोहो गरी काठमाडौँ पुग्नु पर्ने समश्या समाधान हुनथालेको र स्थानीय स्तरमै प्रदान भएको निशुल्क सेवाले ग्रामीण विपन्न व्यक्तिलाई ठूलो राहत मिलेको नागरिक समाजले जनाएको छ ।
पर्यटकीय क्षेत्र रसुवागढी नाका समेतलाई मध्यनजर राखी निरन्तर सेवा प्रवाहका लागि हाल एक जना मात्र चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा दन्त सहायक समेतको थप जनशक्ति व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयसमक्ष पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइँकेलले जानकारी दिए ।
व्यवस्थापकीय कार्यअन्तर्गत अस्पताल व्यवस्थापन समितिले एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रका बासिन्दाको उपचारमा सहजता ल्याउन अध्यक्ष कुइँकेलको पहलमा स्वास्थ्य सेवा विभागले केही महिना अगाडि एउटा एम्बुलेन्स हस्तान्तरण गरेको हो । स्थानीयस्तरमा उपचार हुन नसकेका जटिल बिरामीलाई सुविधायुक्त अस्पतालमा रिफर गरी समयमै उपचार गराउन एम्बुलेन्स व्यवस्थापनले ठूलो मद्दत मिलेको चिकित्सकहरूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार