श्यया नपाउँदा होम आइसोलेशनका संक्रमितको ज्यान जाँदै
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २०:४०:१९
१४ जेठ,भक्तपुर । सूर्यविनायक नगरपालिका–३ बालकोटका सञ्जय थापालाई एक्कासि ज्वरो आयो । अहिलेको मौसमले रुघाखोकी लागेको होला भन्दै घरमा श्रीमती मनमायाले सिटामोल खुवाइन् । उनलाई पटकपटक तातोपानी, जाउलो र सुप खुवाइन् ।
दुई दिनसम्म ज्वरो ओर्लिएन । सरकारले होम आइसोलेशनमै बस्न भनेको छ । दोस्रो दिन मनमायाले विभिन्न अस्पतालमा फोन गरिन, कतै श्यया खाली भएको जानकारी पाइयो । “अस्पतालमा जुनसुकै बिरामी गए पनि पीसीआर परीक्षण नभई उपचार गर्न निजी अस्पतालले नमान्ने रैछन्, सरकारीमा ठाउँ छैन”, उनले भनीन् ।
भक्तपुरकै तीन निजी अस्पतालमा कुरा गर्दा संक्रमितको उपचारमा दिनकै रु ३५ हजार शुल्क लाग्ने र त्यो पनि श्यया छैन भन्ने गरिएको उनको बुझाइ छ । “बाहिर निषेधाज्ञा छ, ज्वरो र खोकीको औषधिले अलि कम भएजस्तो भयो तर निको भएन, तेस्रो दिन पीसीआर परीक्षण गर्ने सल्लाह हुँदै थियो, अचानक दिउँसो १ः०० बजे श्वास फेर्न गाह्रो भो, एम्बुलेन्स र अस्पतालको खोजी गर्दागर्दै कोठामा ज्यान गयो”, उनले सुनाइन् ।
शव व्यवस्थापनका लागि नेपाली सेनालाई भन्दा पीसीआर परीक्षणमा कोरोना पुष्टि भएर वडा कार्यालयले मुचुल्का उठाएर शव प्याक गरेपछि मात्रै लैजाने भन्ने जवाफ दिए । त्यो प्रक्रिया नहुने भएपछि आफन्तको सहयोगमा राति १०ः०० बजे पशुपतिमा शव दाह संस्कारका लागि लगियो ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेका शम्भु कार्कीको अचानक राति अक्जिसनको मात्रा घट्यो । अस्पतालमा श्ययाका लागि हारगुहार गर्दागर्दै बिहान ४ः०० बजे घरमै मृत्यु भयो । कोरोना भएपछि होम आइसोलेशनमा बसेकालाई गाह्रो हुने बित्तिकै अस्पतालमा श्यया नपाउँदा उपचार नै नपाएर ज्यान जाने गरेको बताइएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितमध्ये ३१ जनाको घरमै मृत्यु भएको जानकारी दिए । त्यसमध्ये गत वैशाखयता मात्रै २१ संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको उनी बताउछन् । यो सङ्ख्या संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकाको मात्रै हो । कतिपयले कोरोना संक्रमणको लक्षण देखिए पनि पिसिआर परीक्षण नगर्ने र सामान्य रुघाखोकीको ज्वरो हो भनेर बस्दा घरमै ज्यान जाने संक्रमितको तथ्याङ्क कार्यालयले राख्दैन ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले भाइरससँग मिल्ने लक्षण देखिँदा र संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले पीसीआर परीक्षण नगरी घरमै बस्दा ज्यान जोखिममा पर्न सक्ने बताइन् । संक्रमण भएर होम आइसोलेशनमा बसेपछि आवश्यक औषधि चलाउन सकिने र श्वासप्रश्वासमा समस्या भए तत्काल अस्पताल लैजान सकिने उनको भनाइ छ ।
होम आइसोलेशनमा बस्नेले उचित स्वास्थ्य परामर्श नपाउँदा, सामाजिक सञ्जालमा संक्रमितले खाने भनेर राखिएका औषधि हचुवाको भरमा खाँदा ज्यान जोखिममा पर्ने डा गौतम बताउछिन् । चिकित्सकसहितको परामर्श दिने व्यवस्था स्थानीय सरकारले समयमै शुरु नगर्दा होम आइसोलेशनमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।
भक्तपुरमा आजसम्म १९ हजार ३४४ संक्रमितमध्ये तीन हजार ५४२ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए । अहिले विभिन्न आइसोलेशनमा २०८, होम आइसोलेशनमा तीन हजार ३३४ जना रहेका छन् भने १५ हजार ५५६ संक्रमित निको भएर फर्किएका छन् । संक्रमितमध्ये २४६ जनाको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार