जिल्ला अस्पतालमा ४ महिनापछि एचडियू श्यया सञ्चालन
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २३:१३:२
१४ जेठ,गोरखा । जिल्ला अस्पतालमा कोरोना संक्रमितको उपचारार्थ ‘हाइ डिपेन्डेन्सी यूनिट’ (एचडियू) श्यया सञ्चालनमा आएको छ । चार महिना अघि नै सञ्चालनमा आइसक्नु पर्ने श्यया चर्को दबाब पछि बल्ल सञ्चालनमा ल्याइएको हो ।
संक्रमित बिरामीको उपचारका लागि त्यस्ता श्ययाको अभाव हुँदै आएको छ । जडानका लागि ल्याइएको श्यया भने स्टोरमा थन्क्याइएर राखिएको थियो । अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने “गण्डकी प्रदेश सरकारले अस्पताललाई चार महिना अघि नै सघन बिरामीको उपचारको लागि १ करोड १६ लाख रुपैयाँ बराबरको २८ एचडियू श्यया उपलब्ध गराएको थियो ।” भवनको अभावका कारण श्यया सञ्चालनमा ल्याउन नसकिएको र जिल्लाभित्र पनि संक्रमणको दोस्रो लहरमा संक्रमितको संख्या अत्याधिक वृद्धि भएपछि अस्पतालले १३ श्यया सञ्चालनमा ल्याएको उनले बताए ।
अस्पतालका भवनमा गोरखा भुकम्पले क्षति पु¥याएपछि नयाँ भवन बन्न ढिलाइ भएका कारण प्रदेश सरकारले श्यया उपलब्ध गराएको भएपनि समयमा सञ्चालन गर्न नसकिएको उनको भनाई छ । “नयाँभवनबन्दै गरेको अबस्था छ, उनले भने, “अहिले अस्पतालको चमेना गृहका लागि तयार भएको भवनमा एचडियू वेड राखेर सञ्चालनगर्न शुरु गरिएको छ ।”उनले श्यया जडानका लागि प्राबिधिक आउन ढिलाइ भएकाले पनि केही समय लागेको , श्यया अस्पतालमा निर्माण गरिएको अक्सिजन पनि जोडनु पर्ने भएपछि प्लान्ट सञ्चालन गरी एकै पटक जडान र श्ययामा अक्सिजन समेत जडान गरिएको उनको भनाई छ । बिहीबार राति प्राबिधिक आएपछि रातभर लगाएर जडान सकिएको र आजबिहानदेखि श्यया सञ्चालनमा ल्याइएको उनले बताए । अस्पतालले जडान बाँकी नै नरहेको पनि जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार