बाँके घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आयोगको आग्रह
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २३:२०:५
१४ जेठ,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रही अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोडका घटनाले हालको सङ्कटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीको मनोबल र प्रतिष्ठामा नकारात्मक असर पर्ने भएकाले घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ बाट उत्पन्न वर्तमान सङ्कटको परिस्थितिमा बाँकेको भेरी अस्पतालमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रतिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न र महामारीको सङ्कटपूर्ण अवस्थामा स्वास्थ्यजस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन आयोगले सरकारसँग आग्रह गरेको छ ।
उक्त घटनाको आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जले आजै स्थलगत अनुगमन गरिरहेको आयोगले जनाएको छ । बाँकेको भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको भन्दै मृतकका आफन्तले बिहीबार साँझ स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै अस्पतालको कोभिड उपचार कक्षमा तोडफोड गरेको र चिकित्सक तथा नर्समाथि आक्रमण गरेपछि चार स्वास्थ्यकर्मी एक तलामाथिबाट हाम फालेको अनुगमनका क्रममा पाइएको छ । आयोगले स्वास्थ्यकर्मी सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म काममा नफर्कने भन्दै घटनाको विरोध गरिरहेको पाइएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार